(Japan) 20 th May | 2022 | Friday | 3:42:11 AM || (Nepal) 12:27:11 AM
 
 

जापानमा अर्ध-आपतकाल लागेका स्थानका पसलले पाउने सहयोग विवरण

  POSTED ON : Friday, 21 January, 2022 | Views : 1948

जापानमा अर्ध-आपतकाल लागेका स्थानका पसलले पाउने सहयोग विवरण


टोकियो, जापान ।

जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न यही शुक्रबारदेखि लागू हुने गरी टोकियो समेत देशको १३ प्रिफेक्चरमा अर्ध–आपतकाल विस्तारको घोषणा गरेको छ ।

यी स्थानहरुमा अर्ध–आपतकाल फेब्रुअरी १३ सम्म कायम रहनेछ । योसँगै अर्ध–आपतकालीन उपायहरु लागू गरिएका प्रिफेक्चरको संख्या १६ पुगेको छ । योसँगै ती प्रिफेक्चरका रेष्टुराँ, बारलगायत व्यवसायहरुको सञ्चालन अवधि घटाउन अनुरोध गरिएको छ । सरकारको यो नीतिका कारण त्यस्ता व्यवसायहरुलाई पर्ने प्रभाव कम गर्न आर्थिक सहायताका लागि प्रिफेक्चरल सरकारहरुले निर्देशिका पनि जारी गरेका छन् ।

टोकियो महानगरभित्र सञ्चालित रेष्टुराँहरुलाई सञ्चालन अवधि कटौतीा २ ओटा विकल्प दिइनेछ । स्थानीय सञ्चारमाध्यमहरुले छापेको समाचाअनुसार महानगर भित्रका रेष्टुराँहरु बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म वा ९ बजेसम्म खोल्न सकिनेछ ।

यसमध्ये साँझ ८ बजेसम्मको ९ घन्टामा भने रक्सी बेचबिखन गर्न पाइनेछ । रक्सी बेचबिखन नगर्नेहरुले भने साँझ ८ बजे नै व्यवसाय बन्द गर्नु पर्नेछ ।

खानका लागि एउटै समूहमा आउनेमा चार जना भन्दा धेरै जना बस्न पाइने छैन । तर समूहका सबैले कोभिडका परीक्षण नतिजा नकारात्मक आएको प्रमण पेश गरेका छन् भने चाँहि पाँच जना भन्दा बढीलाई पनि बस्न दिइनेछ । कोरोना भाइरसको संक्रमण विरुद्धको उपायहरु अपनाएको प्रमाणपत्र नपाएका रेष्टुराँहरुलाई साँझ ८ बजे नै बन्द गर्न भनिनेछ ।

रक्सी बेचबिखन गर्न दिइने छैन । यस्ता रेष्टुराँमा हरेक समूहमा ४ जना भन्दा धेरै बस्न पाउने छैनन् । रक्सी बेचबिखन नगरी साँझ ८ बजेभित्र व्यवसाय बन्द गर्ने रेष्टुराँहरुलाई दैनिक ३० हजार देखि २ लाख येनसम्म दिइनेछ ।

रेष्टुराँलगायत अन्य स्थलहरुलाई भने सञ्चालन अवधि कम गर्न भनिने छैन । तर हरेक उद्योगको लागि तय गरिएको निर्देशिका भने पालना गर्नु भनिनेछ । टोकियोका बासिन्दाहरुलाई अत्यावश्यक बाहेक अन्य कामका लागि घरबाहिर नजान अनुरोध गरिनेछ ।

बाहिर जाँदा पनि सकेसम्म भिडभाड हुने समय नपारी जान भनिनेछ । सञ्चालन अवधि घटाउन नमानेका रेष्टुराँहरुमा बारम्बार नजान पनि टोकियोबासीलाई अनुरोध गरिनेछ ।

सरकारले टोकियो बाहेक अन्य प्रिफेक्चरहरुमा पनि रेष्टुराँहरुलाई साँझ ८ वा ९ बजेसम्म खोल्ने अनुमति दिइने छ । व्यवसाय सञ्चालन अवधि घटाउने व्यवसायहरुलाई आर्थिक सहुलियतको व्यवस्था पनि गरिएको छ । प्रिफेक्चरअनुसार यस्तो सहुलियत दैनिक २० हजार देखि २ लाख येनसम्म कायम गरिने भएको छ ।

ठूला स्तरका कार्यक्रममा दर्शकको संख्यामा समिा तोकिने छ । सरकारले तत्कालको लागि खोप रेकर्ड र कोभिडको परीक्षण नकारात्मक आएको प्रमाणपत्र प्रयोग गरेर गतिविधि खुकुलो बनाउने कार्यक्रम शुरु गर्ने योजना थाँती राखेको छ ।