टोकियो, जापान ।
जापानमा पेट्रोलको भाउ यो हप्ता लगातार दोस्रो हप्ता पनि बढेको छ । यहाँको उद्योग मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो हप्ताको तुलनामा सोमबार नियमित पेट्रोलको औसत खुद्रा मूल्य प्रतिलिटर १ दशमलव ९ येनले बढेर १६८ दशमलव ४ येनमा पुगेको छ ।
पेट्रोलको भाउ जापानमा यस अघि यो स्तरमा गत वर्षको नोभेम्बरमा पुगेको थियो ।
यसले सरकारलाई पेट्रोलियम पदार्थको भाउमा भइरहेको वृद्धि नियन्त्रण गर्न थप उपायहरु चाल्न बाध्य बनाउने अनुमान गरिएको छ । पेट्रोलको मूल्य सम्बन्धी सर्वेक्षण गर्ने संस्था तेल सूचना केन्द्र (ओआईसी)ले गरेको प्रक्षेपण पेट्रोलको भाउ आगामी हप्ता थप बढ्नेछ ।
यो सन् २००८ को सेप्टेम्बरयता पहिलो पटक प्रतिलिटर १७० येन माथि जान सक्ने ओआईसीले बताएको छ ।
देशभरमा भने औसत मूल्य १७० येनमाथि उक्लियो भने जापान सरकारले पेट्रोल, डिजेल, मट्टितेल र इन्धनको मूल्य नियन्त्रण गर्न थोक तेल विक्रेताहरुलाई प्रतिलिटर तेलमा ५ येन सम्म सहुलियत दिनेछ ।
नागासाकी, नागानो र कोची समेत देशको ४७ मध्ये १२ ओटा प्रिफेक्चरमा पेट्रोलको भाउ प्रतिलिटर १७० येनमाथि उक्लिसकेको छ ।