(Japan) 3 rd July | 2022 | Sunday | 5:09:05 AM || (Nepal) 1:54:05 AM
 
 

एक लाख येन नगद सेप्टेम्बरपछि सम्बन्ध विच्छेद गर्ने एकल अभिभावकले नपाउने

  POSTED ON : Sunday, 26 December, 2021 | Views : 2326

एक लाख येन नगद सेप्टेम्बरपछि सम्बन्ध विच्छेद गर्ने एकल अभिभावकले नपाउने


टोकियो, जापान ।

सरकारले १८ वर्ष वा सो भन्दा कम उमेरका बालबालिका भएको सबै घरपरिवारलाई प्रत्येक बालबालिकाका लागि दिने भनेको १ लाख येन बराबरको नगद वितरण योजनामा देखिएको समस्या समाधान गर्न  प्रमुख प्रतिपक्ष दल कन्ष्टिच्यूशनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपी)ले मन्त्रीपरिषद्को सचिवालयमा अनुरोध दर्ता गरेको छ ।

उक्त योजनामा  हालै सम्बन्ध विच्छेद गरेका एकल अभिभावक भएका घरपरिवार सहभागी हुन नपाउने व्यवस्था हटाउन डिसेम्बर २२ मा  सीडीपीले केन्द्र सरकारलाई अनुरोध गरेको हो ।

सरकारले सेप्टेम्बरका लागि शिशु भत्ता पाएका घरपरिवारलाई मात्रै १ लाख येन वितरण्ण कार्यक्रममा योग्य घरपरिवारका रुपमा निर्दिष्ट गरेको छ । जसले गर्दा सेप्टेम्बरमा वा सो भन्दा पछाडि बच्चा जन्मिएका घरपरिवार पनि यो योजनामा अयोग्य भएका छन् ।

मन्त्रीपरिषद्को सचिवालयसमेतका स्रोतका अनुसार हालै सम्बन्ध विच्छेद गरेका अभिभावकहरुमध्ये एक जनाले सेप्टेम्बरको शिशु भत्ता लिएको रहेछ भने बच्चाको रेखदेखको जिम्मा पाएकै भएपनि भत्ता नलिएको अभिभावक पनि यो कार्यक्रममा अयोग्य ठहरिनेछ । यो सन्दर्भमा बच्चा साथमै नभएको सो व्यक्तिले भने एक लाख येन पाउनेछ ।

सेप्टेम्बरमा वा सो भन्दा पछाडि सम्बन्ध बिच्छेद गरेका एकल अभिभावकहरुलाई समेत नगद वितरण गर्न नगरपालिकाहरुलाई परिपत्र जारी गर्न सीडीपीले सरकारलाई अनुरोध गरेको छ । सरकारको सो नीतिको विरुद्धमा सेप्टेम्बरमा वा सो भन्दा पछाडि सम्बन्ध विच्छेद गरेको एकल अभिभावकहरुबाट असंख्य गुनासाहरु आएको  छ ।

ह्योगो प्रिफेक्चरको आकाशी नगर सरकार समेतका केही स्थानीय निकायहरुले भने यस योजनामा अयोग्य बालबालिका हुर्काइरहेका एकल अभिभावकलाई छुट्टै १ लाख येन उपलब्ध गराउने योजना बनाएको छ । सीडीपीले देशभरमा समान रुपमा यस्तो पहलका लागि अनुमति दिन केन्द्र सरकारलाई अनुरोध गरेको छ ।