(Japan) 3 rd July | 2022 | Sunday | 6:13:30 AM || (Nepal) 2:58:30 AM
 
 

जापानमा अक्टोबरदेखि बेरोजगार बीमा प्रिमियम बढ्ने

  POSTED ON : Friday, 24 December, 2021 | Views : 1376

जापानमा अक्टोबरदेखि बेरोजगार बीमा प्रिमियम बढ्ने


टोकियो, जापान ।

जापान सरकारले बेरोजगार बीमा भत्ताको लागि प्रिमियम बढाउने निर्णय गरेको छ ।

आगामी वर्षको अक्टोबरबाट ६ महीनाका लागि भत्ता बढाएर तलबको शून्य दशमलव ६ प्रतिशतमा पुर्याइने निर्णय बुधबार सरकारले गरेको हो । कोरोना भाइरसको महामारीका कारण रोजगारी बीमा प्रणाली दबाबमा आएकै समयमा सरकारले सो निर्णय गरेको हो ।

आगामी अप्रिलदेखि शुरु हुने आर्थिक वर्षको लागि सरकारको बजेटसम्बन्धी वार्ताका क्रममा अर्थमन्त्री शुनिची सुजुकी र श्रम मन्त्री शिगेयुकी गोतोले बुधबार उक्त सहमति गरेका हुन् ।

महामारीबीच लामो बिदामा पठाइएका कर्मचारीहरुलाई बिदा भत्ता भुक्तानीमा कम्पनीहरुलाई सघाउन रोजगारी समायोजन सहुलियत विस्तार गरेपछि रोजगारी बीमा प्रणाली दबाबमा आएको छ ।

श्रम बीमा प्रणालीमा बेरोजगारी भत्ता, शिशु स्याहार भत्ता र रोजगारी स्थिरीकरण एवम् शिप विकास कार्यक्रम रहेका छन् । भत्ताका लागि प्रिमियम रोजगार दाता र कर्मचारीबीच बराबर बाडिन्छ । दुई ओटा कार्यक्रमका लागि भने रोजगारदाताले मात्रै प्रिमियम तिर्छन् ।