(Japan) 3 rd July | 2022 | Sunday | 6:21:20 AM || (Nepal) 3:06:20 AM
 
 

कम्पनी र व्यवसायहरुलाई कर्मचारीहरुको तलब बढाउन प्रधानमन्त्री किशिदाको अनुरोध

  POSTED ON : Friday, 24 December, 2021 | Views : 3360

कम्पनी र व्यवसायहरुलाई कर्मचारीहरुको तलब बढाउन प्रधानमन्त्री किशिदाको अनुरोध


टोकियो, जापान ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीवार आगामी ‘शुन्टो’ तलब वार्तामा कर्मचारीका तलब बढाउन कम्पनी तथा व्यवसायहरुलाई अनुरोध गरेका छन् ।

सम्पत्ति वितरणसम्बन्धी आफ्नो नीतिगत लक्ष्य हासिल गर्न खोजिरहेका किशिदाले जापान विजनेश फेडरेशन (केइदानरेन) को बैठकमा  बिहिबार यस्तो अनुरोध गरेका हुन् ।

‘तलब बढाएर सम्पत्ति वितरण गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,’ बैठकमा किशिदाले भनेका छन् । किशिदाले तलब वृद्धिलाई सम्पत्ति वितरणको अचुक रामवाणका रुपमा हेरेका छन् । उनले वार्षिक आम्दानी कोरोना भाइरसको महामारी पूर्वको स्तरमा उक्लिएका कम्पनीहरुलाई कर्मचारीका तलब ३ प्रतिशतले बढाउन आग्रह गरिरहेका छन् ।

तर केइदान्रेनले भने समग्रमा तलब बढाउन वा सदस्य कम्पनीहरुलाई तलब वृद्धिको लक्ष्य तोकिदिने योजना बनाएको छैन । गैर–म्यानुफ्याक्चरिङ कम्पनीका तुलनामा म्यानुफयाक्चरिङ कम्पनीहरु कोरोना भाइरसको महामारीको प्रभावबाट छिटै उम्किएका छन् ।

यस्तोमा हरेक कम्पनीको अवस्थाअनुसार विचार गर्नु जरुरी भएको केइदान्रेनका प्रमुख मासाकाजु तोकुराले सो बैठकमा भनेका थिए ।