(Japan) 3 rd July | 2022 | Sunday | 5:22:26 AM || (Nepal) 2:07:26 AM
 
 

मिस्टर डोनटले सबै प्रकारका डोनट्समा १० येन मूल्य बढाउने

  POSTED ON : Thursday, 23 December, 2021 | Views : 1316

मिस्टर डोनटले सबै प्रकारका डोनट्समा १० येन मूल्य बढाउने


टोकियो, जापान ।

डोनट चेन मिस्टर डोनटले आफ्ना प्रायः सबै डोनट्स र पाईहरूको मूल्य अर्को वर्ष मार्चदेखि बढाउने भएको छ । पीठो जस्ता कच्चा पदार्थको मूल्य बढेको जनाउँदै कम्पनीले सीमित समयका विशेष उत्पादनहरू बाहेक सबैको मूल्यमा १० येन बढाउने भएको हो ।

मिस्टर डोनट सञ्चालन गर्ने डस्किनका अनुसार आगामी मार्च १ तारिख देखि ३० प्रकारका डोनट्स, पाई र मफिनको मूल्य कर बाहेक १० येनले बढाइनेछ ।

मुख्य उत्पादन 'पोन डे रिङ' को मामलामा, मूल्य हाल कर बाहेक ११० येन छ, तर अब यो १२० येन पुग्नेछ ।

'पीठो र खाना पकाउने तेलको बढ्दो मूल्यको अतिरिक्त, ढुवानी लागत पनि बढिरहेको छ, त्यसैले सीमित समयका उत्पादनहरू बाहेक प्रायः सबै डोनट्स, पाई र मफिनहरूको मूल्य वृद्धि हुनेछ' कम्पनीले एक जानकारीमा बताएको छ ।

बढ्दो सामग्री लागतका कारण मूल्य वृद्धि अप्रिल २०१५ पछि पहिलो पटक गरिन लागिएको कम्पनीले बताएको छ ।

डस्किनले भन्यो 'कच्चा पदार्थको स्थिर खरिद र लागत बढेको कारण कम्पनीहरूलाई सबै खर्च धान्न गाह्रो भएकोले अहिलेको गुणस्तर कायम राख्दै स्थिर उत्पादन उपलब्ध गराउने उद्देश्यले मूल्य परिमार्जन गर्ने निर्णय गरिएको हो ।'