(Japan) 3 rd July | 2022 | Sunday | 4:27:18 AM || (Nepal) 1:12:18 AM
 
 

जापानी रेल कम्पनीहरु भटाभट रेल संख्या घटाउँदै, जेआरले मार्चदेखी कटौती गर्ने

  POSTED ON : Sunday, 19 December, 2021 | Views : 2614

जापानी रेल कम्पनीहरु भटाभट रेल संख्या घटाउँदै, जेआरले मार्चदेखी कटौती गर्ने


टोकियो, जापान ।

टोकियो महानगरीय क्षेत्र र पश्चिमी क्षेत्रमा रेल सेवा सञ्चालन गर्ने पश्चिम जापान रेलवे कम्पनी अन्तर्गत 'इस्ट जापान रेलवे कम्पनी'ले अर्को वर्ष बिहानको समयमा रेलको संख्या घटाउने छ । कोरोना भाइरस महामारीले यात्रुहरूको संख्या घटेको जनाउँदै कम्पनीले रेल सेवा कटौति गर्ने भएको हो ।

जापानभरका रेल कम्पनीहरूले यात्रु संख्यामा आएको कमी र कोरोना भाइरस फैलिएको कारण यात्रुहरूको जीवनशैलीमा आएको परिवर्तनका कारण सेवाहरू समायोजन गरिरहेका छन् ।

'जेआर ईस्ट' भनेर चिनिने पूर्वी जापान रेलवे कम्पनीले सन् २०२२ को मार्चदेखि टोकियो क्षेत्रमा राजधानीका व्यस्त 'स्टेशन'हरूलाई जोड्ने यामानोते लाइन लगायत १६ लाइनहरूमा प्रतिघण्टा एकदेखि चार वटासम्म रेल सेवाहरू घटाउने भएको छ ।

यसको 'शिनकानसेन बुलेट ट्रेन' सेवाहरू नियमित रूपमा भन्दा कम सञ्चालन हुने छ । साप्ताहिक रेलहरूको संख्या २५ ले घटाएर ३२४ मा झारिनेछ । जुन सन् १९८७ मा राष्ट्रिय रेल 'अपरेटर'को निजीकरण मार्फत कम्पनीको स्थापना पछि सबैभन्दा ठूलो कटौती हो ।

'जेआर वेस्ट'ले ओसाका महानगरीय क्षेत्र सहित रेलहरू कटौति तथा सेवा मार्गहरू छोटो पारेर मार्चदेखि नियमित सेवाहरू घटाउनेछ ।

सन् १९८७ मा 'जेआर वेष्ट' स्थापना पछि लगभग ५०० नियमित 'ट्रेन'हरूलाई असर गर्दै सबैभन्दा ठूलो सेवा कटौति गर्न लागेको हो ।

त्यस्तै, टोकियो क्षेत्रमा पनि सेवा दिने 'तोबु रेलवे कम्पनी'ले मार्चदेखि बिहानको समयमा आफ्ना सेवाहरू घटाउने बताएको छ।

अन्य पश्चिमी जापानका रेलवे फर्महरू जस्तै 'हान्क्यु हान्सिन होल्डिंग्स इंक'ले पनि महामारीको कारण व्यस्त समयमा चल्ने रेलहरूको संख्या घटाउने विचार गरिरहेको छ ।

हान्क्यु हान्सिनका अध्यक्ष खाजुओ सुमीले माग पूरा गर्न समय तालिका समीक्षा गर्ने र निर्दिष्ट संख्या घटाउने बिचार गरिरहेको बताएका छन् ।

सेप्टेम्बरमा 'केईहान इलेक्ट्रिक रेलवे कम्पनी'ले बिहान र साँझको व्यस्त समयमा रेलहरूको संख्या घटाउन आफ्नो साप्ताहिक रेल संचालनको तालिका समायोजन गरेको थियो ।