(Japan) 3 rd July | 2022 | Sunday | 5:31:50 AM || (Nepal) 2:16:50 AM
 
 

जापानले निर्माण तथ्यांक बढाईचढाई गरेर देखाउने गरेको खुलासा

  POSTED ON : Thursday, 16 December, 2021 | Views : 1448

जापानले निर्माण तथ्यांक बढाईचढाई गरेर देखाउने गरेको खुलासा


टोकियो, जापान ।

जापानको पूर्वाधार मन्त्रालयले सन् २०१३ यता कयौं वर्षसम्म निर्माण कार्यसम्बन्धी तथ्यांकहरु अनुचित रुपमा हेरफेर गरेको खुलासा भएको छ । बुधबार मन्त्रालयका अधिकारीहरुले यस्तो बताएका हुन् ।

निजी र सरकारी क्षेत्रका कम्पनीहरुबाट भएका घरेलु निर्माण कार्य परियोजनाको मासिक अर्डर बढाइचढाई गरिएको छ । यसलाई कूल जीडीपीको गणना गर्दा प्रयोग गरिन्छ । करीब १२ हजार कम्पनीहरुको सर्वेक्षणका आधारमा निर्माण अर्डर निकालिन्छ । यो आन्तरिक मामिला मन्त्रालयले तयार पार्ने मुख्य तथ्यांकमध्ये एक हो ।

यस अघि सन् २०१८ मा रोजगारी तथ्यांकमा चलखेल गरेको खुलासा भएपछि सरकारले सबै कोर तथ्यांकको छानबिन गरेको थियो । निर्माण तथ्यांकमा हेरफेरले तथ्यांक कानूनको उल्लंघन गरेको हुन सक्ने बताइएको छ ।

पूर्वाधार मन्त्रालयले कसरी तथ्यांकमा हेरफेर शुरु भयो र यसले अन्य तथ्यांकलाई प्रभाव पारेको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ । तथ्यांक हेरफेर भएको कुराको पूर्वाधार मन्त्री तोचुओ साइतोले स्वीकार गरेका छन् । उनले सोही दिन संसदको तल्लो सदनमा बजेट समितिको बैठकमा माफी पनि मागेका थिए ।