(Japan) 3 rd July | 2022 | Sunday | 5:55:37 AM || (Nepal) 2:40:37 AM
 
 

३६० खर्ब येनको बजेट जापानको तल्लो सदनबाट पारित

  POSTED ON : Thursday, 16 December, 2021 | Views : 1022

३६० खर्ब येनको बजेट जापानको तल्लो सदनबाट पारित


टोकियो, जापान ।

जापानको तल्लो सदनले बुधबार सरकारले आर्थिक वर्ष २०२१ को लागि ल्याएको पूरक बजेट पारित गरेको छ । यसमा कोरोना भाइरसको महामारीको प्रभावबाट उब्रिरहेको अर्थतन्त्रलाई टेवा दिन ल्याइएका उपायका लागि खर्च विनियोजन गरिएको छ ।

सत्तारुढ गठबन्धनको समर्थनसहितको बहुमतले करीब ३६० खर्ब येन बराबरको सो बजेट पारित गरेको हो । कन्ष्टिच्यूशन डेमोक्रेटिक पार्टी अफ जापान र अन्य प्रतिपक्ष दलहरुले बजेटको विपक्षमा मत दिएका थिए । बजेट माथिल्लो सदन हाउस अफ काउन्सिलर्समा छलफलपछि सोमबारदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।

स्टिमुलस उपायहरुमा १८ वर्ष वा सो भन्दा कम उमेर घएका घरपरिवारहरुलाई २ लाख येन वितरण गर्ने, माइ नम्बर सामाजिक सुरक्षा र कर पहिचान कार्ड भएकाहरुलाई २० हजार येनसम्मको प्वाइन्ट दिने र नर्सिङ तथा हेरचाह कामदारहरुको तलब बढाउने आदि छन् ।

पूरक बजेटको लागि आवश्यक रकमको जोहो गर्न सरकारले २२० खर्ब येन भन्दा बढी आकारको ऋणपत्र जारी गर्नेछ । योसँगै सरकारले जारी गरेको ऋणपत्रको बक्यौता पहिलो पटक चालु आवको अन्त्यमा १० हजार येन नाघ्ने क्रममा रहेको छ ।