टोकियो, जापान ।
जापान पोष्ट कम्पनीले बुधबार राष्ट्रव्यापी हुलाक कार्यालयहरूमा राष्ट्रिय सरकारी ऋणपत्र वा ट्रस्ट कोष खोल्ने २ लाख १४ हजार ग्राहकहरूको व्यक्तिगत जानकारी समावेश भएका कागजातहरू हराएको बताएको छ ।
गत वर्ष नोभेम्बरमा फर्मले गुन्मा, साइतामा, चिबा र यामागुची प्रान्तका चार हुलाक कार्यालयहरूले कुल ३१८ ग्राहकहरूको व्यक्तिगत जानकारी समावेश गरेको रेकर्ड हराएको बताएको थियो ।
जापान पोष्टले यस्तै अन्य घटनाहरु छन कि भनेर जाँच गर्दा देशभरमा २ लाख १४ हजार केश फेला पारेको बताएको छ ।