(Japan) 3 rd July | 2022 | Sunday | 5:33:00 AM || (Nepal) 2:18:00 AM
 
 

जापानमा नयाँ बर्षको समयमा 'ट्रेन बुकिङ' ८१ प्रतिशत बढ्यो

  POSTED ON : Wednesday, 15 December, 2021 | Views : 2198

जापानमा नयाँ बर्षको समयमा 'ट्रेन बुकिङ' ८१ प्रतिशत बढ्यो


टोकियो, जापान ।

वर्षको अन्त्य र नयाँ वर्षको बिदामा 'बुलेट' र 'एक्सप्रेस ट्रेन' सेवाहरूको 'बुकिङ' एक वर्ष अघिको तुलनामा ८१ प्रतिशतले बढेको छ ।

जापानका प्रमुख रेल 'अपरेटर'हरूले मंगलबार बताए अनुसार कोरोना भाइरस महामारीको बारेमा सार्वजनिक चिन्ताहरू कम हुँदै जाँदा रेलमा यात्रा गर्नेहरुको संख्यामा उल्लेख्य सुधारको संकेत देखिएको छ ।

डिसेम्बर २८ देखि जनवरी ५ सम्मको अवधिका लागि कुल २३ लाख २० हजार 'सिट बुक' भएको सञ्चालकहरूले जनाएका छन् ।

तर उनिहरुले अझै पनि २०१९-२०२० को कोभिड पूर्व महामारी स्तरबाट ४० प्रतिशत गिरावट रहेको बताएका छन् । तर टोकियो र अन्य ठूला शहरहरूमा सेप्टेम्बरमा आपतकालिन अवस्था हटाइएपछि आर्थिक र सामाजिक गतिविधिले पून गति लिईरहेको प्रमाणको रुपमा यसलाई हेरिएको छ ।

सबैभन्दा बढि यात्रा डिसेम्बर ३० देखि जनवरी ३ मा हुने अपेक्षा गरिएको छ । 'अपरेटर'हरूले यस समयका लागि ८० लाख ९ हजार सीटहरू 'बुकिङ' गर्न सकिने व्यवस्था मिलाएका छन् । जुन संख्या कोभिड महामारी पूर्व २०१९-२०२० सिजनको तुलनामा अझै २ प्रतिशत कम हो ।