(Japan) 3 rd July | 2022 | Sunday | 5:03:39 AM || (Nepal) 1:48:39 AM
 
 

छिटोमा यसै बर्षभित्र एक लाख येन अनुदान एकमुष्ट रकम वितरण : प्रधानमन्त्री किशिदा

  POSTED ON : Tuesday, 14 December, 2021 | Views : 4726

छिटोमा यसै बर्षभित्र एक लाख येन अनुदान एकमुष्ट रकम वितरण : प्रधानमन्त्री किशिदा


टोकियो, जापान ।

१८ वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरु भएका न्यून आययुक्त घर परिवारलाई हरेक बालबालिकाका लागि उपलब्ध गराउने भनेको एक लाख येन नगद नगरपालिकाहरुले छिटोमा यही वर्षभित्र एक मुष्ट रुपमा दिन सक्ने जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् ।

सरकारले यही महीना संसदमा पेश गरेको ३६० खर्ब येन बराबरको पूरक बजेटमा समाविष्ट महत्वपूर्ण स्टिमुलस उपायहरुमा नगद वितरण पनि एक हो । आ–आफ्नो अवस्था अनुसार नगरपालिकाहरुलाई छिटोमा यही वर्षभित्र एक मुष्ठ रुपमै १ लाख येन नगद उपलब्ध गराउने विकल्प दिइने किशिदाले तल्लो सदनको बजेट समितिको एक बैठकमा भनेका हुन् ।

पूरक बजेटको लागि आवश्यक रकमको जोहो गर्न सरकारले करीब २२० खर्ब येन सम्मका अतिरिक्त ऋणपत्र जारी गर्न खोजिरहेको छ । अतिरिक्त ऋणपत्रको परिमाण सानो होइन । तर कोरोना भाइरसको महामारी विरुद्ध उपायहरु चाल्न र आर्थिक पुनःबहालीलाई टेवा दिन यो आवश्यक भएको किशिदाको भनाइ छ ।

‘हामीहरु अहिले आकस्मिक अवस्थामा छौं । मानिसहरुको जीवन र जिविकालाई जोगाउन हामीहले सकेको सबै कुरा गर्न जरुरी छ,’ किशिदाले भनेका छन् ।