(Japan) 29 th March | 2024 | Friday | 3:41:31 PM || (Nepal) 12:26:31 PM
 
 


जापानमा नर्सहरुको मासिक तलब ४ हजार येन बढ्ने

  POSTED ON : Friday, 19 November, 2021 | Views : 1508

जापानमा नर्सहरुको मासिक तलब ४ हजार येन बढ्ने


टोकियो, जापान ।

जापान सरकारले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको उपचार गर्ने स्वास्थ्य संस्थाहरुमा काम गर्ने नर्सहरुको मासिक  तलब ४ हजार येनले बढाउने योजना बनाएको छ । आगमी फेब्रुअरीदेखि सेप्टेम्बरसम्म ती नर्सहरुको मासिक तलब सो स्तरमा बढाइने आफूले थाहा पाएको भन्दै जिजी प्रेसले बुधबार समाचार छापेको हो ।

यस योजनालाई यही शुक्रबार सरकारले अन्तिम रुप दिन लागेको आर्थिक प्याकेजमा समावेश गरिने अपेक्षा गरिएको छ । सरकारले यस्ता नर्सहरुको तलब अक्टोबरदेखि बढाउने कि नबढाउने भन्ने निर्णय चाँहि आर्थिक वर्ष २०२२ को बजेट तयार पार्ने काम भइरहँदा गर्ने बताइएको छ । आगामी आवको बजेट यो वर्षको अन्त्यमा बनाइनेछ ।

प्रधानमन्त्री फुमिओ किशिदा नेतृत्वको सरकारले आर्थिक वृद्धि र वितरणको सद्गुणी चक्र सृजना गर्ने पहलअन्तर्गत नर्स, केयरगिभर र नर्सरीमा काम गर्ने कर्मचारीहरुको तलब बढाउन जोड दिइरहेको छ । सरकारले यस अघि नै केयरगिभर र नर्सरी कामदारहरुको तलब मासिक ३ प्रतिशत अर्थात् करीब ९ हजार येनले बढाउने निर्णय गरिसकेको छ ।