टोकियो, जापान ।
जापान सरकारले ल्याउन लागेको आर्थिक स्टिमुलस प्याकेजमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भइरहेको वृद्धिका कारण मारमा परेका कम्पनीहरुलाई टेवा दिने उपायहरु समेत रहेको छ ।
रोयटर्सले शुक्रबार प्राप्त गरेको सरकारले बनाएको प्याकेजको मस्यौदामा यस्तो कुरा उल्लेख गरिएको छ । प्याकेजमा घरेलु स्तरमा सेमिकन्डक्टर उत्पादनलाई तीव्र बनाउने उपायहरुका साथै विज्ञान र प्राविधिक अनुसन्धान बढाउन विश्वविद्यालयहरुलाई थप संसाधन दिन १०० खर्ब येन (८७ अर्ब ५३ करोड डलर)को कोष स्थापना पनि गरेको छ ।
मस्यौदामा स्टिमुलस खर्चको कूल आकार समावेश गरिएको छैन । यसलाई आगामी हप्ता सत्तारुढ दलका कानून निर्माताहरुसँगको छलफलमार्फत अन्तिम रुप दिइने बताइएको छ । सरकारले स्टिमुलस प्याकेजलाई नोभेम्बर १९ मा अन्तिम रुप दिने भएको छ ।