(Japan) 29 th March | 2024 | Friday | 9:40:50 PM || (Nepal) 6:25:50 PM
 
 


टोकियोमा कार्यालयका लागि भाडामा उपलब्ध रित्ता घर बढे

  POSTED ON : Saturday, 13 November, 2021 | Views : 1098

टोकियोमा कार्यालयका लागि भाडामा उपलब्ध रित्ता घर बढे


टोकियो, जापान ।

कोरोना भाइरसको महामारीका कारण जापानमा कार्यालय नआइकन घरबाटै काम गर्ने प्रवृत्ति बढेको छ । व्यवसायहरुले पनि कार्यस्थलको आकार घटाइरहेको छ ।

यस्तोमा मध्य टोकियोमा थप कार्यालयहरु रित्ता भएका छन् । योसँगै कार्यालय उपलब्ध रहेको छ भनेर आउने विज्ञापन लगातार २० औं महीना बढेको छ ।

रियल इस्टेट ब्रोकरेज कम्पनी मिकी शोजीले बताएअनुसार मध्य टोकियोका पाँच व्यवसायिक क्षेत्रमा करीब २ हजार ६०० कार्यालयमध्ये ६ दशमलव ४७ प्रतिशत अक्टोबरमा खाली थिए ।

माग घट्न थालेपछि यसले भाडा प्रभावित बनाइरहेको छ । गत वर्षको सोही अवधिको तुलनामा अक्टोबरमा औसत भाडा ७७ दशमलव २७ प्रतिशतले घटेको छ । योसँगै भाडा लगातार १५ औं महीना पनि घटेको छ ।

सन् २०१२ को अन्त्यतिर तत्कालीन प्रधानमन्त्री सिञ्जो आबे सत्तामा आएपछिका सात वर्षमा भाडा निरन्तर बढेको भएपनि टोकियोमा कार्यालय प्रयोजनका अपार्टमेन्ट खाली रहेको विज्ञापन सुस्त दरमा घटेको थियो । महामारीबीच सम्भावित भाडवालले लिजमा हस्ताक्षर गर्न अनिच्छा गर्न थालेपछि यो प्रवृत्ति रोकिएको छ ।