(Japan) 20 th May | 2022 | Friday | 4:09:00 AM || (Nepal) 12:54:00 AM
 
 

जेआर इष्टमा डिसेम्बरसम्म यि रुटमा शिन्कान्सेन टिकट आधा मूल्यमा पाईन्छ

  POSTED ON : Friday, 12 November, 2021 | Views : 732

जेआर इष्टमा डिसेम्बरसम्म यि रुटमा शिन्कान्सेन टिकट आधा मूल्यमा पाईन्छ


टोकियो, जापान ।

कोरोना भाइरसको महामारीका कारण जापानमा विदेशी पयर्टकको आगमनमा रोक लागेको छ । विदेशी पयर्टक नआएपछि जापानका पयर्टन एजेन्सीहरुले स्थानीय पयर्टकहरुलाई घरेलु स्तरमा यात्रा गर्नका लागि आकर्षित गर्ने विशेष खालका अफरहरु ल्याइरहेका छन् ।

इष्ट जापान रेल्वे कम्पनी (जेआर इष्ट)ले छानिएका शिन्कान्सेन र लिमिटेड एक्सप्रेस रेलका टिकटमा ५० प्रतिशत छूट दिइरहेको छ । यो प्रवद्र्धन कार्यक्रम अहिलेको लागि यस वर्षको डिसेम्बर १५ सम्म चल्नेछ ।

नागानो, निगाता र तोहोकु क्षेत्रमा यात्रा गर्ने छानिएका जेआर इष्ट शिन्कान्सेन र लिमिटेड एक्सप्रेस लाइनहरुमा भारी छूट उपलब्ध रहेको छ । तर स्मरणीय कुरा के छ भने आधा छूट यात्रा गर्न जानु भन्दा २० दिनदेखि एक महिनाअघि आधिकारिक जेआर इष्ट वेबसाइटबाट किनिएको टिकटमा मात्रै लागू हुनेछ । हरेक रेलमा छूटका लागि सीमित संख्यामा टिकटहरु उपलब्ध छन् । यो अहिलेसम्म जापानमा देखिएको मध्ये सबैभन्दा उत्कृष्ट शिन्कान्सेल अफर हो ।

टोकियोबाट आकितासम्मको एक तर्फी शिन्कान्सेन टिकटको लागि प्रायः १७ हजार ९२० येन तिर्नु पर्दछ । तर यसलाई प्रवद्र्धन अवधिको बेलामा ८ हजार ९५० येनमा किन्न सकिनेछ । महँगो तिर्नु भन्दा कम्पनीको वेबसाइटबाट किन्नुमा नै फाइदा छ नि होइन !

यस अभियानको हिस्साका रुपमा रहेका रेल र गन्तव्यको सूचि यस प्रकार रहेका छन् । थप जानकारी लागि यो लिंकमा पनि हेर्न सक्नु हुनेछ । यो लिंक जापानी भाषामा मात्रै छ ।


शिन्कान्सेन:

हायाबुसा, हायाते (टोकियो र मोरिओका/शिन–आओमोरी/शिन–हाकोदाते होकुतोबीच), यामाबिको (टोकियो र सेन्डाई/मोरिओकाबीच), नासुनो (टोकियो र नासुशिओबारा बीच), सुबासा (टोकियो र यामागाता बीच), कोमाची (टोकियो र आकिता बीच), तोकी/तानिगावा (टोकियो र निगाताबीच), कागायाकी (टोकियो र कानजावाबीच), हाकुताका (टोकियो र शिन–ताकाओकाबीच), आसामा (टोकियो र नागानोबीच)

लिमिटेड एक्सप्रेस रेल:

हिताची (टोकियो र सेन्डाईबीच), इनाहो (निगाता र सुरुओका/आकिताबीच), आजुसा/काइजी (टोकियो र मासुमोतोबीच), ओदारिको (टोकियो र इजुक्यु–शिमोदाबीच), वाकाशिओ/साजानामी/शिओजाई (टोकियो र चोशी/आवा–खामोगावाबीच), कुसासु (टोकियो र नागानोहारा/कुसासुगुचीबीच), सुगारु (आकिता र शिन–ओमोरीबीच) ।