टोकियो, जापान ।
जापानका ठूला खाद्य तेल उत्पादकहरूले यही महिनाको १ तारिखदेखि खाद्य तेलको मूल्य बढाउन थालेका छन् । कच्चा पदार्थ भटमास र रेपसिडको कारोबार मूल्य उच्च रहँदा चौथो पटक मूल्यवृद्धि गरिएको हो ।
तीन ठूला खाना पकाउने तेल कम्पनी निशिन ओइलियो ग्रुप, जे ओयल मिल्स र शोवा सांग्योले यही महिनाको १ तारिखदेखि घरेलु तथा व्यावसायिक खाना पकाउने तेलको मूल्य बढाएका छन् ।
यी मध्ये, घरायसी प्रयोगको लागि तीनवटै कम्पनीको मूल्य प्रतिकिलोग्राम ३० येन वा सोभन्दा बढीले बढाइएको छ ।
व्यावसायिक प्रयोगको लागि द निशिन ओइलियो ग्रुप र जे आयल मिल्सले प्रति किलोग्राम ३० येन वा बढीले मूल्य बढाएको छ ।
प्रत्येक कम्पनीको लागि खाना पकाउने तेलको मूल्यमा यो लगातार चौथो महिनाको वृद्धि हो, र घरायसी प्रयोगका लागि हेर्दा मूल्य प्रति किलोग्राम १३० येनबाट १४० येन वा सोभन्दा बढि पुगेको छ । जसले दैनिक घरमा खानेकुरा पकाउने घरपरिवारमा आर्थिक बोझ बढाएको छ ।
कच्चा माल सोयाबीन र रेपसीड खाना पकाउने तेलको कच्चा पदार्थ भटमास र रेपसेडको अन्तर्राष्ट्रिय कारोबार मूल्य उत्पादन क्षेत्रमा मौसमी प्रतिकुलता र विदेशमा बढ्दो मागका कारण विगत वर्षको तुलनामा ह्वात्तै बढेको छ । जसका कारण विश्वभर व्युंतदो आर्थिक कारोबारका बिच माग उच्च रहँदा विश्वभरनै खाना पकाउने तेलको मूल्यमा बृद्धि भएको छ ।