(Japan) 20 th April | 2024 | Saturday | 3:08:12 AM || (Nepal) 11:53:12 PM
 
 


आकिता प्रिफेक्चरमा कुखुरामा बर्ड फ्लु देखिएपछि डेढलाख कुखुरा नष्ट

  POSTED ON : Friday, 12 November, 2021 | Views : 2718

आकिता प्रिफेक्चरमा कुखुरामा बर्ड फ्लु देखिएपछि डेढलाख कुखुरा नष्ट


टोकियो, जापान ।

उत्तर पूर्वी जापानको आकिता प्रिफेक्चरमा आभियान फ्लु पूष्टि भएको छ । स्थानीय कुखुरा फारममा बर्ड फुलु पहिचान भएको हो । सो फारमका करीब १ लाख ४२ हजार कुखुरा नष्ट गरिने प्रिफेक्चरल सरकारले बुधबार बताएको छ ।

आभियान फुलुको यो यस सिजनकै पहिलो प्रकोप भएको बताइएको छ । अघिल्लो दिन नमूना परीक्षणका क्रममा फ्लु भेटिएपछि योकोतेमा रहेको सो कुखुरा फारममा जेनेटिक परीक्षण गरिएको थियो । परीक्षणको नतिजाले फ्लु पूष्टि गरेको थियो ।

प्रिफेक्चरल सरकारले प्रभावित फारम रहेको स्थानबाट १० किमि आसपासका सबै फारमहरुबाट कुखुरा र अन्डा विक्रीमा रोक लगाएको छ । यो समस्या समाधानका लागि आत्म रक्षा बलको टुकुडी पठाउन अनुरोध पनि गरिएको छ ।

प्रधानमन्त्री फुमिओ किशिदाले पनि सम्बन्धित मन्त्रालय र सरकारी निकायहरुलाई जानकारी संकलन गर्न र तत्कालै रोकथामका उपायहरु अपनाउन निर्देशन दिएका छन् ।

प्रिफेक्चरल सरकारका अनुसार मंगलबार भेटनरी डाक्टरले स्थानीय स्वास्थ्य अधिकारीहरुलाई योकोतेको एउटा फारममा मर्ने कुखुराको संख्या बढिरहेको जानकारी दिएका थिए ।नमुना परीक्षणका लागि भनेर दिइएका १३ मध्ये १२ ओटा कुखुरामा आभियान फ्लु पाइएको थियो ।