(Japan) 5 th June | 2023 | Monday | 3:10:42 AM || (Nepal) 11:55:42 PM
 
 

जापानमा पेट्रोलको मूल्य बढेर ७ वर्ष ३ महिनायताकै उच्च

  POSTED ON : Wednesday, 10 November, 2021 | Views : 2484

जापानमा पेट्रोलको मूल्य बढेर ७ वर्ष ३ महिनायताकै उच्च


टोकियो, जापान ।

जापानमा पेट्रोलको खुद्रा मूल्य लगातार १० औं हप्ता बृद्धि जारी रहेको छ । नोभेम्वर १० तारिख यहाँ पेट्रोलको भाउ राष्ट्रिय औसत १६९ येन प्रति लिटर पुगेको छ ।

विश्व आर्थिक गतिविधि सुचारु भएसँगै माग बढ्दै गएको छ भने प्रमुख तेल उत्पादक देशहरूले उत्पादन यथावत राखेका छन् । जसका कारण पेट्रोलको मूल्य करिब ७ वर्ष ३ महिनाको उच्च हुन पुगेको छ ।

तेल उत्पादक देशहरुले उत्पादन नबढाउँदा कच्चा तेलको मूल्य उच्च रहेको छ । विश्व बजारमा नै ईन्धनको मूल्य लगातार बढिरहेको छ ।