(Japan) 20 th May | 2022 | Friday | 4:34:44 AM || (Nepal) 1:19:44 AM
 
 

महामारी विरुद्धको बिनियोजित एक तिहाई बजेट खर्च भएन

  POSTED ON : Tuesday, 09 November, 2021 | Views : 974

महामारी विरुद्धको बिनियोजित एक तिहाई बजेट खर्च भएन


टोकियो, जापान ।

जापानमा कोरोना भाइरसको महामारी विरुद्धको ल’डाईका लागि भनेर छुट्याइएको बजेटको एक तिहाई खर्च भएको छैन । लेखा परीक्षक समितिले यस्तो बताएको हो ।

नोभेम्बर ५ मा समितिले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०१९ र २०२० का लागि कूल ६५४ खर्ब १६ अर्ब येन (५ खर्ब ७७ अर्ब) बजेट कोभिडको महामारीसँग जुध्न ७७० ओटा कार्यक्रमका लागि विनियोजन गरिएको थियो ।

तर यसमध्ये ६५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । अर्थात् २१७ खर्ब ७९ अर्ब येन बजेट उब्रिएको छ । अर्को १० खर्ब ७६ अर्ब येनलाई अनावश्यक ठानिएको छ । लेखा परीक्षक समितिले केन्द्र सरकारलाई बजेट उब्रिनु वा अनावश्यक रुपमा बजेट बिनियोजन गरिनुको कारण विश्लेषण गर्न र यसबारे करदाताहरुलाई पूर्ण स्पष्टीकरण उपलब्ध गराउन भनेको छ ।

प्रतिवेदन प्रधानमन्त्री फुमिओ किशिदा समक्ष पेश गरिएको छ । यसमा उनलाई आफ्ना पूर्ववर्तिहरुले कार्यान्वयन गरेका विविध कार्यक्रमहरु उपर्युक्त तवरले चलाउन अनुरोध गरिएको छ । प्रधानमन्त्री सिञ्जो आबेले सबै घरपरिवारलाई उपलब्ध गराउन भने चलाएको आबेनोमास्कमध्ये करोडौं थान भन्डारमा त्यसै बसेको छ ।

मास्कलाई भन्डार गरेर राख्न मात्रै आर्थिक वर्ष २०२० को अन्त्यसम्म करीब ६० करोड येन खर्च भएको छ । योशिहिदे सुगा नेतृत्वको सरकारले चलाएको गो टु अभियानको लागि विनियोजन गरिएको बजेट पनि निकै धेरै उब्रिएको छ ।