इशिकावा, जापान ।
मध्य जापानमा यस सिजनको पहिलो बोलकबोलमा एउटा ठूलो भाले हिउँ गगँटोले करीब ५० लाख येन (करीब ४४ हजार अमेरिकी डलर) मूल्य पाएको छ । शनिबार साँझमा सि अफ जापानको तटमा कानाजावा बन्दरगाहस्थित एक बजारमा बोलकबोल भएको थियो ।
इशिकावा प्रिफेक्चरको फिशरिज कोअपरेटिभले सकेसम्म ठूलो आकार अनि बनोटको हिउँ गँगटाहरु छानेर यसलाई नयाँ ब्रान्ड नाममा बेच्न थालेका छन् । शनिबार समातिएको ५८ टन गँगटाहरुमध्ये एउटाले मात्रै १ दशमलव ५ केजी तौल र १४ दशमलव ५ सेमी चौडालगायत सबै ६ ओटा मापदण्डहरु पूरा गरेको थियो ।
स्थानीय हट स्प्रिङ इन चेन चलाउने एक कम्पनीका सेफले गरेको बोलकबोल विजयी भएको थियो । गगँटालाई दिइएको मूल्यले कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या भोग्दा भोग्दै पनि प्रयासरत मछुवाराहरुप्रति आफ्नो कृतज्ञता झल्काएको ती सेफको भनाइ छ ।
५० लाख येन मूल्य पाउने यो दोस्रो गँगटो हो । सन् २०१९ मा पश्चिम जापानको तोत्तोरी प्रिफेक्चरमा भएको एक लिलाीमा हिउँ गँगटाले सोही मूल्य पाएको थियो ।