फुकई, जापान ।
शनिबार फुकुई प्रिफेक्चरमा माछा मार्ने बन्दरगाहमा भएको एक लिलामीमा एउटै हिउँ गँगटो ८ लाख येनमा बिकेको छ । शनिबारदेखि सि अफ जापानमा यो वर्षको माछा मार्ने सिजन शुरु भएको छ । किवामी ब्रान्डको सो गँगटोले उक्त मूल्य पाएको हो ।
बोलकबोल स्थानीय रेष्टुराँले जितेको हो । आफ्ना ग्राहकहरुलाई शिर ठाडो गरेर स्वागत गर्न सकिने आशमा आफूले गँगटो किनेको ती रेष्टुराँ मालिकले बताएका छन् ।
‘कोरोना भाइरसको महामारी अन्ततः अलि साम्य भएको छ, रेष्टुराँहरुले राम्रै गरिरहेका छन् भनेर मानिसहरुले थाहा पाउन् भन्ने म चाहन्छु,’ उनले भनेका छन् । सन् २०१५ यता फुकुईका अधिकारीहरुले स्थानीय रुपमा समातिएका किवामी गँगटोहरुको सानो परिमाण यसरी बेचिरहेका छन् ।
किवामी ब्रान्डमा पर्न ती गँगटोहरुमा तौललगायत मापदण्ड पूरा भएका छ कि छैन भनेर निक्र्यौल गरेर मात्रै गगँटो बेचिन्छ । गत मार्चमा सकिएको वर्षमा समातिएकामध्ये ६७ ओटा अर्थात् शून्य दशमलव शून्य ४ प्रतिशत मात्रै किवामी गँगटा थिए ।