(Japan) 20 th May | 2022 | Friday | 3:30:05 AM || (Nepal) 12:15:05 AM
 
 

जापानदेखि अमेरिकासम्म चोरहरू सुनभन्दा महंगा कारका पार्टपुर्जा लुट्दै

sajina moktan   POSTED ON : Sunday, 07 November, 2021 | Views : 5792

जापानदेखि अमेरिकासम्म चोरहरू सुनभन्दा महंगा कारका पार्टपुर्जा लुट्दै


टोकियो, जापान ।

टोयोटा मोटरको गृहनगर नजिकैको एउटा सहरमा जापान प्रहरीले हालसालै कम अपराधका घटना हुने जापानका लागि पनि दुर्लभ प्रकारको चोरीको सामना गर्नुपरेको छ ।

टोयोटा 'प्रिउस हाइब्रिड' गत महिना आइची प्रिफेक्चरमा चोरी भएको रिपोर्ट दर्ता भयो, पछि यसको 'कन्भर्टर' काटेर चोरी भएको अवस्थामा कार फेला पर्यो ।

प्रहरी अधिकारीहरु नै अहिलेसम्म आईचीमा यस्तो केसको बारेमा नसुनेको बताउँछन् ।

अमेरिकी र बेलायती प्रहरीले पनि यस्तै खालका घटनाहरु सामना गर्नु परेको बताउन थालेका छन् । उत्सर्जन घटाउने उत्प्रेरक 'कन्भर्टर'हरू विश्वभरका चोरहरूका लागि छनौटको लक्ष्य बनेका छन्, विशेष गरी अमेरिका र यूकेमा, कार्वन उत्सर्जन घटाउने बहुमूल्य औद्योगिक धातुहरूको मूल्यमा वृद्धि भएको छ । जुन महंगा तथा विलासि गाडीको 'कन्भर्टर'मा प्रयोग गरिएको हुन्छ । 

'काटालेटिक कन्भर्टर' भनिने गाडिको पार्टमा 'रोडियम' र 'प्यालेडियम' प्रयोग गरिन्छ, जुन 'प्लेटिनम' समूहका दुई धातुहरू हुन् । सवारी साधनको उत्प्रेरक 'कन्भर्टर'मा दुबैको केही ग्राम हुन्छ, तर त्यो चोरहरूलाई लोभ्याउन पर्याप्त हुन्छ । 'रोडियम' र 'प्यालेडियम' कम मात्रामा उत्पादन गरिन्छ र जुन हालको मूल्य भन्दा पहिलेनै महँगो थियो । अहिले यसको मुल्य झनै बढेको छ ।

'अल्ट्रारेर रोडियम'को मूल्य २०२० को उत्तरार्धबाट बढेर यस मार्चमा लगभग प्रति औंसको ३० हजार डलरको मिर्तिमानी उचाईमा पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा पाँच गुणा धेरै हो । 'प्यालेडियम फ्युचर्स'ले मे महिनामा ३ हजार डलर नाघेको रेकर्ड बनाएको छ ।

दुबै 'रोडियम' र 'प्यालेडियम' सुन भन्दा बढी मूल्यवान छन्, जुन प्रति ट्रोय औंस १८ सय डलर पर्दछ । कोभिड-१९ र खानी समस्याहरूको कारणले गर्दा यस्ता धातुको आपूर्तिमा कडा असर पारेको छ, जबकि अर्थव्यवस्थाहरू महामारीबाट जाग्न थालेको अवस्थामा माग ह्वात्तै बढेको छ र आपूर्ती न्यून । जसले गर्दा यसको मुल्य थप आकासिन थालेको छ ।

बेलायतमा 'काटालेटिक कन्भर्टर'हरूको चोरीका घटना मार्चमा ३२ सय भन्दा बढि दर्ता भएको अगस्टमा रिपोर्ट सार्वजनिक भएको छ । 'नेशनल इन्स्योरेन्स क्राइम ब्यूरो'का अनुसार अमेरिकामा डिसेम्बरमा २,३०० भन्दा बढी चोरीका घटनाहरू भएका छन्, जुन एक वर्ष अघिको तुलनामा चार गुणाले बढेको छ ।

एकल 'काटालेटिक कन्भर्टर'मा प्रयोग हुने 'प्लेटिनम' समूहका धातुहरूको मूल्य करिब तीन वर्षअघि करिब १०० डलरबाट बढेर ४०० देखि ८०० डलर पुगेको छ ।

'रिसाइकल'हरूले सामान्यतया प्रयोग गरिएका 'काटालेटिक कन्भर्टर'हरूको लागि ५० देखि २५० डलर तिर्ने गरेको 'रिपोर्ट'मा उल्लेख छ ।

जापानमा चोरहरु तामाको पछि लागेका छन् । 'राष्ट्रिय प्रहरी एजेन्सी'का अनुसार अगस्टमा राष्ट्रव्यापी रूपमा धातु चोरीका ७४३ घटना पुष्टि भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले बढी हो ।

टोकियोको दक्षिणपश्चिममा रहेको सागामिहारामा मे महिनामा १३० भन्दा बढी पानीको नल चोरी भएको थियो । नागोयामा जुनदेखि सेप्टेम्बरसम्म १३ पानी मिटर चोरी भएको दर्ता गरिएको छ ।

मे महिनामा तामाको मूल्य १०,७०० डलर प्रति 'टन' नाघेको छ । जुन अहिलेसम्मकै उच्च हो । केही समयको लागि मूल्य कम भएपछि, अक्टोबरको मध्यमा धातु फेरि एक पटक एक हजार डलर भन्दा माथि चढेको छ ।

'रोडियम' र 'प्यालेडियम' अहिले सामान्य गिरावटमा देखिएका छन् । तर आपूर्ति अझै सीमित हुँदा, अटो उत्पादन बृद्धि जारी रहेकाले छिट्टै मूल्य बृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

जापानी अधिकारी र व्यवसायहरूले चोरीको सामना गर्न विभिन्न उपायहरु अपनाईरहेका छन । आइची प्रिफेक्चरल प्रहरीले चोरी गरिएका 'काटालेटिक कन्भर्टर'हरू कसरी बेचिन्छ भनेर अनुसन्धान गर्ने योजना बनाएको छ । राष्ट्रिय प्रहरी 'एजेन्सी'ले 'रिसाइकल'हरूलाई पहिचान प्रमाणित गर्न र लेनदेनको 'रेकर्ड' राख्नको लागि ताकेता गरिरहेको छ ।

यदि कसैले केहि विक्रिका लागि ल्यायो भने, त्यो व्यक्तिलाई विक्रिका लागि ल्याएको सामान आफ्नै भएको प्रमाण पेश गर्न खरिदकर्ताहरुले कदम चाल्ने बताएका छन् ।