(Japan) 20 th May | 2022 | Friday | 2:55:48 AM || (Nepal) 11:40:48 PM
 
 

जापानमा नोभेम्बर ८ बाट व्यापारिक यात्रीलाई मात्र ३ दिन क्वारिन्टिन

  POSTED ON : Saturday, 06 November, 2021 | Views : 1454

जापानमा नोभेम्बर ८ बाट व्यापारिक यात्रीलाई मात्र ३ दिन क्वारिन्टिन


टोकियो, जापान ।

जापान सरकारले कोभिड-१९ बिरुद्धको खोप लगाएका व्यवसायीहरूलाई नोभेम्वर ८ तारिख सोमबारदेखि तीन दिन मात्र क्वारिन्टिन बस्ने नियम लागूको घोषणा गरेको छ ।

व्यापारिक समुदायको अनुरोधमा विश्वव्यापी खोप लगाउने काममा भएको प्रगतिको आधारमा कोभिड-१९ क्वारिन्टिन अवधि घटाउने निर्णय सरकारले शुक्रबार गरेको हो ।

सहज क्वारिन्टिन नियमहरू जापानी अधिकारीहरूले प्रभावकारी मानिएको कोभिड खोप लगाएका छोटो अवधिका व्यावसायिक यात्रुहरूलाई मात्र लागू गर्नेछ ।

हालसम्म त्यस्ता यात्रुहरूले जापान प्रवेश गर्दा १० दिनको क्वारिन्टिन बस्नुपर्ने नियम छ । कुनैपनि खोप नलगाएकाहरुको लागि १४ दिन क्वारिन्टिन नियम पालनानको नियम रहेको छ ।

सरकारले विद्यार्थी, प्राविधिक प्रशिक्षार्थी सहित लामो समय बस्ने पारिवारिक, रोजगारहरूको प्रवेश पनि पुन ८ तारिखबाट सुरु गर्ने घोषणा गरेको छ । यद्यपि उल्लेखित भिषा बाहकको क्वारिन्टिन अवधि सैद्धान्तिक रूपमा १४ दिनको हुनेछ ।

नयाँ भिषामा आउनेहरुलाई स्वीकार गर्ने योजनामा ​​रहेका विद्यालय र व्यावसायिक फर्महरुले जापानमा आफ्ना नियोजित गतिविधिहरू र उनीहरूलाई कसरी अनुगमन गरिनेछ भनेर अग्रिम रिपोर्ट सरकारी निकायमा पेशगर्नुपर्ने नियम राखिएको छ ।

कोरोना भाइरसको व्यापक संक्रमण र अत्यधिक संक्रामक भाइरसको फैलावट पछि, सरकारले जनवरीमा व्यवसायीहरू लगायत विदेशीहरूको प्रवेशलाई निलम्बन गरेको थियो । सैद्धान्तिक रुपमा अहिले जापानले मानवीय आधारमा विशेष परिस्थितिहरू अन्तर्गत बाहेक अन्य नयाँ भिषा बाहकको प्रवेशमा रोक लगाउँदै आएको छ ।

जापानमा कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र गिरावट आएको र आर्थिक गतिविधिहरू फेरि सुचारु भएपछि जापान सरकारले पछिल्लो कदम चालेको हो ।

पर्यटक प्रवेश नखुलाएको जापानले उनिहरुको गतिविधिलाई कसरी नियन्त्रण र अनुगमन गर्न सकिन्छ भनेर यसै वर्षभित्र समीक्षा गरेर प्रवेश खुलाउने बिचार गर्ने बताएको छ ।