(Japan) 20 th May | 2022 | Friday | 4:29:41 AM || (Nepal) 1:14:41 AM
 
 

अब दाइसोबाट सय येन मूल्यका सामान अनलाइनबाटै किन्न सकिने

  POSTED ON : Tuesday, 19 October, 2021 | Views : 1118

अब दाइसोबाट सय येन मूल्यका सामान अनलाइनबाटै किन्न सकिने


टोकियो, जापान ।

सय येनका सामानहरु बेच्ने पसलको चेन दाइसोले अनलाइन पसल पनि खोलेको छ । तपाईलाई चाहिने किचन वेयर होस् पा टेबल वेयर दाइसोमा हरेक कुरा पाइन्छ । घरलाई व्यवस्थित राख्न बाकस, फोल्डर्स, बिन होस् या जाडोमा आफूलाई न्यानो राख्न मोजा, पञ्जा र क्याप दाइसोमा सोचेको र चाहिएको जुन सुकै सामान पाउन सकिन्छ ।

दाइसोको प्रडक्ट लाइन अप अन्य पसलहरुमा राख्न अति महँगो पर्न सक्छ । त्यसैले तपाई आफू बस्ने ठाउ वरपरको दाइसोको शाखामा आफूले भनेको जस्तो ठ्याक्कै सामान नपाउन पनि सक्नु हुन्छ । तर अब भने तपाईको यो समस्या पनि समाधान गरिदिएको छ । दाइसोले अनलाइन पसल खोलेको छ । यसमा कम्पनीका दशौं हजार सामानहरु २४ सैं घन्टा किन्न सकिनेछ ।

स्टोरको फूल भर्सन अक्टोबर १३ मा लञ्च भएको छ । चेनको भौतिक पसलमा जस्तै यहाँ सय येनका हरेक सामान उपलब्ध छ । यो अनलाइन पसलमा उपभोक्ताहरुले करीब ३० हजार सामान किन्न सक्नेछन् । वेबसाइटमा नाम विशेषबाट सामान खोज्न सकिनेछ । यहाँ भएका विविध श्रेणीबाट पनि सामान खोज्न सकिनेछ ।

साइतामा, इबाराकी, तोचिगी, गुन्मा, होक्काइदो, आओमोरी फुकुशिमा, मियागी, आकिता, इवाते र यामागातामा भने उपभोक्ताहरले दाइसोको ३०० येनको थ्रिपी उप–ब्रान्डबाट करीब ६ हजार फरक फरक सामान पनि अर्डर गर्न सक्नेछन् । सामान छुट्टाछुट्टै किन्न सकिनेछ । तर कम्तिमा पनि कूल १ हजार ६५० येनको सामान अर्डर गर्नु पर्नेछ ।

जापान भर ७७० येनमा सामान ढुवानी हुनेछ । होक्काइदोमा भने यो दर ८८० येन रहेको छ भने ओकिनावामा ठाउँ हेरेर ढुवानी शुल्क २ हजार ९७० देखि ३ हजार ३०० येन सम्म छ । ११ हजार येन वा सो भन्दा बढीको सामान किन्दा भने ढृवानी शुल्क तिर्नु पर्दैन ।