टोकियो, जापान ।
होण्डा मोटर कम्पनीको वायुयान शाखाले एक यस्तो नयाँ बिमानको बिकास गरिरहेको छ जुन अन्य कुनैपनि प्रतिस्पर्धी बिमान कम्पनीको तुलनमा धेरै दुरीसम्म उडान भर्न सक्षम हुनेछ ।
अमेरिकाको एक भाग देखी अर्को भागसम्म बिना कुनै विश्राम उडान भर्न सक्षम हुने यो पहिलो हल्का जेट बिमान हुनेछ ।
होण्डा वायुयान कम्पनीले बुधवार आफ्नो नयाँ होण्डाजेट संकल्पको खुलासा गरेको हो ।
कम्पनीले आफ्नो लक्ष्य यस विमानले ४,८६२ किलोमिटर अर्थात् हाल मौजुदा मोडलको तुलनामा १.८ गुणा धेरै दुरी एकपटक पनि नरोकिकन उडान भर्न सक्नेछ ।
यो दुरी हल्का जेट बिमानको श्रेणीमा कुनैपनि बिमानद्धारा तय उडानमा सबैभन्दा धेरै हो ।
यो बिमानको आकार हालको होण्डा जेटको भन्दा केही ठूलो हुनेछ । जसमा ११ जना यात्रा गर्नसक्ने सुविधा हुनेछ । आफ्नो प्रतिद्धन्द्धिको तुलनामा यो बिमान २० प्रतिशत धेरै ईन्धन कम खर्च गर्ने प्रविधिको हुनेछ ।
६ बर्ष पहिले देखि संचालनमा रहेको ७ सिट क्षमताको व्यावसायिक जेट बिमानले लगातार ४ बर्ष यता पहिलो स्थानमा सर्वाधिक विक्रिकर्ताको रेकर्ड बनाउन सफल भएको छ ।
नयाँ बिमानको माध्यमबाट होण्डा कम्पनीले नयाँ ग्राहक आकर्षित गर्ने लक्ष्य राखेको छ ।