(Japan) 20 th May | 2022 | Friday | 3:23:02 AM || (Nepal) 12:08:02 AM
 
 

युट्यूबरमाथि जापानी रामेन शपले प्रतिबन्ध लगायो

  POSTED ON : Thursday, 14 October, 2021 | Views : 2394

युट्यूबरमाथि जापानी रामेन शपले प्रतिबन्ध लगायो


टोकियो, जापान ।

जापानको युट्यूबरसँग जटिल खालको सम्बन्ध छ । यो बालबालिकाहरुले ठूलो भएपछि अपनाउने चाहने पेशाको शीर्ष स्थानमा रहँदै आएको छ । तर अर्को तर्फ मानिसहरुले यो पेशालाई निकै घृणा पनि गर्ने गरेका छन् ।

जापानमा रेलमा समेत मानिसहरु शान्त होस् भन्ने चाहन्छन् । उनीहरुको लागि इन्टरनेटमा आफूलाई हाल्नकै लागि अरुको राम्रो पलहरु कैद गर्नु स्वार्थी मात्रै नभएर रिस उठ्दो कुरा पनि हो । क्योतोको लोकप्रिय रामेन शप गिन्जो रामेन कुबोताले त्यही भएर युट्यूबरमाथि प्रतिबन्ध लगाएको छ ।

हालसालै आफ्नो पसलमा म युट्यूबर हो म यहाँ केही भिडियो बनाउन चाहन्छु भन्दै मानिसहरु आएको भएपनि अबदेखि भने उनीहरुलाई आफ्नो पसलमा छिर्न प्रतिबन्ध लगाइयो भन्दै पसलले एक ट्विटमा भनेको छ । आफ्नो व्यवसाय सञ्चालन भइरहेको बेलामा आएर भिडियो लिनु अनि अन्य ग्राहकहरुलाई समेत अप्ठयारोमा पार्नु अशिष्ट र असहज भएकोले उनीहरुलाई अब देखि त्यस्तो गर्ने अनुमति नभएको ट्विटमा भनिएको छ ।

ट्विटमा पसलले धेरै व्यहोरा दिएको छैन । तर पटक पटक युट््यूबरहरुले सास्ती दिएको भएर त्यस्तो कदम चालिएको ट्विटमा स्पष्ट झल्किएको छ । ट्विटमा युट्यूबरहरु भनेपनि यो लाइभस्ट्रिमिङ देखि ट्विचसम्म सबै कुरामा लागू हुने अनुमान गरिएको छ । पसलको यो कदमको अनलाइनमा धेरै जसोले समर्थन गरेका छन् । धेरैले भने यसलाई राम्रो भनेका छन् ।