(Japan) 20 th May | 2022 | Friday | 2:50:04 AM || (Nepal) 11:35:04 PM
 
 

बडा दशैंको संघारमा जापानका रेमिटहरुको रेट-फरेक्समा १० मानको १०५,१०० रुपैयाँ

  POSTED ON : Wednesday, 13 October, 2021 | Views : 1004

बडा दशैंको संघारमा जापानका रेमिटहरुको रेट-फरेक्समा १० मानको १०५,१०० रुपैयाँ


टोकियो, जापान ।

आज बडा दशैं अन्तर्गत महा अष्टमी, आश्विन शुक्लपक्ष तिथि । बिजया दशमीको टिका लगाउने दिन आउन मात्र दुई दिन बाँकी । परदेशमा रहेका नेपालीहरु परदेशी जीवनमा दशैंको आ आफ्नै रौनक बनाईराख्दा घरदेश भने दशैंको रौनकले छपक्कै भइसकेको छ ।

बिदेशमा रहेका परिवारका सदस्यले पठाउने कमाईबाट घरदेशमा दशैंमा रमाईरहँदा खर्चमा भने परिवारजनले थोरै मितव्ययिता अपनाईदिउन भन्ने अपेक्षा सबै परदेशिको हुन्छ नै । त्यसमाथि पठाउने रकमको बिनिमयदरमा आउने उतारचढावले समेत परदेशबाट घरदेख पठाउने रकममा तलमाथि पर्न गइरहेको हुन्छ । ठिक त्यसैगरि केही दिनयता जापानबाट नेपाल पैसा पठाउँदा सेवाग्राहीको लागि केही घाटा पर्न गएको अर्थात् एक लाख नेपाली रुपैयाँको लागि आवश्यक जापानी येन महंगिन पुगेको छ ।

आज मिति सन् २०२१ अक्टोबर १३ तारिख बुधवार । जापानबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ र जापानका रेमिट्यान्स कम्पनीहरुको ताजा बिनिमयदर बुझ्न चाहनुहुन्छ भने यो जानकारी सहयोगी बन्नसक्छ ।

जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका एक दर्जन बढी कम्पनीहरुको रेट हेर्दा आज नेपाली एक लाख रुपैयाँको लागि करिव ९ मान ५ हजार येन आसपास रहेको छ ।

बिहान ११ बजेपछि जापानबाट नेपाल पैसा पठाउने रेमिटहरुको समग्र अपडेट यस प्रकार रहेको छ । उल्लेखित रकममा रेमिट्यान्सहरुले तोकेको नेपाल पैसा पठाउँदा लाग्ने रेमिट शुल्क, अफर लगायतका विवरणहरु समावेश गरिएको छैन ।


फरेक्स रेमिट्यान्स

जापानी येन १० मानको नेपाली १ लाख ५ हजार १ सय रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

जापानी येन ९४,५४५ को नेपाली एक लाख

ओकुबोमा रहेको चौतोरो कम्पनी (080-4400-5306) ले बडा दशैंको अवसरमा नेपाल रकम पठाउँदा चार्ज निशुल्कको व्यवस्था गरेको जनाएको छ ।

।।।

क्योदाई रेमिट्यान्स, आईएमई

जापानी येन ९५,०३९ को नेपाली एक लाख रुपैयाँ

।।।

जेआरएफ, प्रभु रेमिट्यान्स

जापानी येन ९१,१४८ येनको नेपाली एक लाख रुपैयाँ

।।।

जापान मनी ट्रान्सफर, जेएमई

जापानी येन ९५,०८८ को नेपाली १ लाख रुपैयाँ

।।।

जेनिथ रेमिट, स्पिड मनी ट्रान्सफर

जापानी येन ९५,०३९ येनको नेपाली १ लाख रुपैयाँ

।।।

सिटि एक्सप्रेस मनि ट्रान्सफर

जापानी ९५,१९३ येनको नेपाली १ लाख रुपैयाँ

।।।

सिद्धार्थ, क्युबिसि रेमिट

जापानी येन ९५,११० येनको नेपाली १ लाख रुपैयाँ

।।।

ब्रास्टेल रेमिट

जापानी येन १० मानको नेपाली १ लाख ५ हजार ३ सय रुपैयाँ

।।।

रुपिसेन्ड नेपाल रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९५,०३०  

।।।

मेट्रो रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९५,०५८ 


यो बिनिमयदर मध्यान्ह १२ बजेपछि सम्वन्धित रेमिट्यान्स कम्पनीको वेवसाईट, फेसबुक पेज तथा फोन, एसएमएस माध्यमबाट लिइएको हो ।

सबै रेमिट्यान्सको रेटहरु हरेक समय परिवर्तन हुनसक्ने भएकाले आफुले रकम पठाउँदाको रेट बुझ्न अनुरोध गर्दछौं । यस बाहेक अन्य आधिकारिक रेमिट्यान्सबाट रकम पठाउने गर्नुभएको वा सेवा कम्पनी सञ्चालनमा भएमा जानकारी गराउनसक्नुहुन्छ । हामी समावेश गर्नेछौं । बिनिमियदर प्राय सार्वजनिक बिदाको दिन बाहेक दैनिक प्रकाशित हुनेछ १