(Japan) 20 th May | 2022 | Friday | 3:01:06 AM || (Nepal) 11:46:06 PM
 
 

जापानमा भेन्डिगं मेसिनमा १० येनमै पेय पदार्थ

  POSTED ON : Monday, 11 October, 2021 | Views : 3342

जापानमा भेन्डिगं मेसिनमा १० येनमै पेय पदार्थ


मियाजाकी, जापान ।

दक्षिण पश्चिम जापानमा भेन्डिगं मेसिनमा मात्र १० येनमा पेय पदार्थ विक्रि हुन थालेको छ ।

यति सस्तो रुपमा पेय पदार्थ आम रुपमा विक्रि नभई सिमित भेन्डिगं मेसिनमा विक्रि थालिएको हो ।

समाचार अनुसार विक्रिको लागि तोकिएको मिति गुज्रन लागेको पेय पदार्थहरुको सदुपयोग गर्न लागत भन्दा धेरै कम मुल्यमा पेय पदार्थ विक्रि गरिएको हो ।

खेर जानबाट जोगाउनको लागि पेय पदार्थहरुलाई सस्तोमा अफरको रुपमा विक्रि गरिएको दाईईचि कम्पनीले जनाएको छ ।

मियाजाकी प्रिफेक्चुरल रोड नं. २४ सहित सस्तो पेय विक्रिको मेसिन कुनितोमीस्थित फर्ममा कम्पनीले राखेको छ । दाईईचिले  प्रिफेक्चरमा लगभग २,००० भेन्डिगं मेसिन संचालन गर्दै आएको छ ।

कम्पनीले थोकमा किनेका धेरै पेय पदार्थहरु कहिलेकाहिँ खराब मौसम सहित अन्य कारण समयमै विक्रि गर्न असमर्थ हुने अवस्थामा यस्तो विक्रि गर्न थालेको हो । फर्मले सुरुवातमा सस्तो मूल्यमा आफ्ना कर्मचारीहरुलाई बेचेको थियो वा डिस्पोजल अपरेटरलाई दिएकोमा त्यसलाई थप सदुपयोग बढाउन यस्तो कदम चालेको हो ।

पिउन उपयुक्त भएपनि खेर फाल्नु भन्दा सदुपयोग बढोस् भनेर अति न्युन मूल्यमा पेय पदार्थ विक्रिको अफर चलाइएको कम्पनीले जनाएको छ ।

भेन्डिगं मेशिनमा १० देखि १०० येन मुल्यका पेय पदार्थ राखिएको छ । जसको मुल्य बजार मुल्यभन्दा ९० प्रतिशतसम्म कम राखिएको छ ।

एउटा भेन्डिगं मेसिन संचालनको लागि मासिक २ हजार जापानी येन लाग्ने भएपनि विक्रि समेत उचित नहुँदा घाटा उच्च रहेकाले त्यसलाई समेत कभर गर्नेगरि विक्रि थालिएको कम्पनीले जनाएको छ ।

सस्तो मुल्यमा खेर फाल्नुपर्ने पिउन उपयुक्त मिति गुज्रन लागेका पेय पदार्थ विक्रि गर्दा दोहोरो काम गरेकाले कम्पनीले यस्तो विक्रिको प्रवद्र्धनलाई बढाउने लक्ष्य राखेको बताएको छ ।