(Japan) 20 th May | 2022 | Friday | 4:20:15 AM || (Nepal) 1:05:15 AM
 
 

जापानमा पेट्रोलको भाउ बढ्यो

  POSTED ON : Saturday, 09 October, 2021 | Views : 1870

जापानमा पेट्रोलको भाउ बढ्यो


टोकियो, जापान ।

जापानमा पेट्रोलको भाउ बढेर करीब ३ वर्षकै उच्च स्तरमा उक्लिएको छ । जापानको तेल सूचना केन्द्रले बताएअनुसार सोमबारसम्ममा प्रतिलिटर पेट्रोलको भाउ १६० येन (१ डलर ४३ सेन्ट) पुगेको छ ।

यो एक हप्ता अघिको तुलनामा १ दशमलव ३ येन धेरै हो । योसँगै लगातार पाँचौं हप्ता पनि पेट्रोलको भाउ बढेको छ । अगष्टमा अमेरिकाको दक्षिणी भेगमा समुद्री आँधीले वितन्डा मच्चाएर यता कच्चा तेलको भाउ बढिरहेको छ । यस क्षेत्रमा कयौं तेल उत्पादन केन्द्रहरु रहेका थिए ।

रुसजस्ता प्रमुख तेल उत्पादकहरुले आफ्नो उत्पादन यथावत् राख्ने बताएकोले निकट भविष्यमा पनि तेलको भाउ महँगो भइरहने तेल सूचना केन्द्रले बताएको छ ।  आउँदै गरेको जाडो यामको लागि यूरोपले तेलको सञ्चिति बढाउन खरिद बढाइरहेकोले यो समस्या झनै बढ्न सक्ने बताइएको छ ।