(Japan) 20 th May | 2022 | Friday | 4:31:43 AM || (Nepal) 1:16:43 AM
 
 

ओकुबोमा 'रातो माटो' : जापानकै फरक नेपाली साजसज्जा र स्वादको संगमस्थल

  POSTED ON : Saturday, 09 October, 2021 | Views : 5126

ओकुबोमा 'रातो माटो' : जापानकै फरक नेपाली साजसज्जा र स्वादको संगमस्थल


टोकियो, जापान ।

जापानमा मौलिक नेपाली खाना र स्वाद सहित फरक परिचय स्थापित गर्ने उदेश्य सहित मध्य टोकियोमा बडा दशैंको घटस्थापनाको शुभ अवसर पारेर रातो माटो संचालनमा आएको छ ।

रातो माटो अर्थात् मौलिक नेपाली रातो माटोको भाँडामा पकाईएको अधिकाशं खाना देखि, खाने र पेय पदार्थ पनि रातो माटोकै भाँडामा रेष्टुरेण्टले उपलब्ध गराएको छ ।

रेष्टुरेण्टको प्रवेशद्धारदेखि भित्रि भागको साजसञ्जाले जो कोहि जापानी वा नेपालीको ध्यान आकर्षित गर्छ । किनभने भित्तामा सजिएका मौलिक नेपाली कलाकृति र सजिएका बस्तुहरु नेपालमा नै बनाएर रेष्टुरेण्ट व्यवस्थापनले जापान झिकाएको बताएको छ ।

रेष्टुरेण्टको सातौं तल्लाबाट देखिने टोकियोको मध्य शिन्जुकु क्षेत्रको सुन्दर दृश्य जुनसुकै समयमा मनमोहक र आकर्षक देखिन्छ । अझ साँझको समयमा देखिने झिलिमिलि टोकियोका अग्ला भवनहरु सुन्दर लाग्न सक्छन् ।

टोकियोमा स्वाद र सजावट दुवैमा नेपाली मौलिकता सहित पस्कने रातो माटो रेष्टुरेण्ट संचालनमा एभरेष्ट ट्रेडका संचालक शिवहरी पौडेल अग्रपंक्तिमा देखिनुभएको छ ।

पौडेलसँगै राजिव श्रेष्ठ जो लोकप्रिय भट्टी रेष्टुरेण्टका संचालक हुनुहुन्छ उहाँसँगै जापानमा नेपाली चलचित्र प्रदर्शनमा अग्रणी भूमिका निभाउँदै आउनुभएकी अञ्जु श्रेष्ठले हातेमालो गर्नुभएको छ ।

टोकियोको नेपाली बजारको रुपमा परिचित ओकुबो शिनओकुबो क्षेत्रमा रेष्टुरेण्ट अवस्थित छ । जसले गर्दा टोकियो र आसपासको क्षेत्रमा रहेका नेपालीहरुको लागि रातो माटो उत्तम रोजाई र विकल्प बन्न सक्छ । ओकुबो स्टेशनबाट मात्र १ मिनेट तथा शिनओकुबो रेष्टुरेण्टबाट केवल दुई मिनेटको दुरीमा रातो माटो रेष्टुरेण्ट रहेको छ ।

सातौं तलामा रहेको रेष्टुरेण्टमा दिनमा शान्त बातावरणमा मिष्ठान्न नेपाली परिकार खान सकिन्छ भने साँझमा सुमधुर गीतसंगितसँगै रमाउन सकिन्छ । रेष्टुरेण्ट व्यवस्थापनले विशेष अवसरहरु पारेर रेष्टुरेण्टमा प्रत्यक्ष गीत प्रस्तुती सहित सांगितिक कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ ।

एक सय जनासम्म पार्टी आयोजना गर्न सकिने रेष्टुरेण्टमा स्टेजको समेत व्यवस्था रहेकाले कार्यक्रमहरु आयोजना गर्नेहरुको लागि उत्तम रोजाई समेत बन्न सक्ने देखिन्छ ।

रेष्टुरेण्ट संचालन सुरुवातको अवसरमा अक्टोबर ८ तारिख एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य रोबिन शेरचन, एनआरएनए आईसिसिका सचिव उम्मेदवार अजिव गुरुगं ओम, एनआरएनए जापानका उपाध्यक्ष राम थापा अनिल, महिला उपाध्यक्ष संगिता अधिकारी सुवेदी, जापानका सफल व्यवसायीहरु ददिवल खड्का, बिजय थकाली, केशव अधिकारी, हरि पाण्डे, श्री गुरुगं, हरिचन्द्र लामा लगायत व्यक्तिहरुको उपस्थिति र शुभकामना व्यक्त गर्नुभएको थियो ।