(Japan) 30 th March | 2024 | Saturday | 9:56:30 AM || (Nepal) 6:41:30 AM
 
 


टोकियोमा अक्टोबर १ बाट मादक पदार्थ विक्रि खुकुलो, राहत पनि पाउने

  POSTED ON : Tuesday, 28 September, 2021 | Views : 12948

टोकियोमा अक्टोबर १ बाट मादक पदार्थ विक्रि खुकुलो, राहत पनि पाउने


टोकियो, जापान ।

टोकियो महानगरीय सरकारले अक्टोबरदेखि महानगर भित्र रेस्टुरेन्टहरुलाई मदिरा उपलब्ध गराउन खुल्ला गर्ने भएको छ । हालको लागि रात ९ बजेसम्म सबै रेष्टुरेण्टहरुमा मादक पदार्थ विक्रि सञ्चालन गर्न अनुमति दिइनेछ ।

यो कदम केन्द्रीय सरकारले बिहीबार टोकियो सहित सबै १९ प्रान्तमा कोरोना भाइरस आपतकालिन अवस्था हटाउने निर्णय संघारमा आएको हो ।

टोकियो अधिकारीहरुले प्रतिबन्धहरुलाई चरणबद्ध रुपमा हटाउने योजना बनाएको बताएका छन् । पूर्ण संक्रमण विरोधी उपायहरु अपनाएका खाद्यान्न प्रतिष्ठानहरुलाई मात्र शुक्रवार देखि रक्सीको सेवा गर्न अनुमति दिइने भएको छ ।

संक्रमण बिरोधी उपाय अपनाएको अप्रमाणित कयौं प्रतिष्ठानहरुलाई रक्सि नबेच्न र रात ८ बजे नै सेवा बन्द गर्न अनुरोध गरिने भएको छ ।

रेष्टुरेण्टहरुले एक समुहमा ४ जनासम्म ग्राहकहरु राख्न सक्नेछन् । टोकियो अधिकारीहरु अझै पनी रक्सी खुल्ला गर्ने समय सीमा तया गर्न छलफलमै रहेका छन् ।

अधिकारीहरुले नयाँ संक्रमण बिरोधी उपायहरु लगभग तीन हप्ताको लागी रहन सक्ने बताएका छन् । महानगरीय सरकारले नयाँ उपाय लागू गरेको अवधिमा पनि हरेक प्रतिष्ठानलाई प्रति दिन अधिकतम २० मान येनसम्म उपलब्ध गराउने तयारी गरिरहेको छ । तर यसको लागि प्रतिष्ठानहरुले सरकारले जारी गरेको अन्य सर्तहरु पालना र अनुरोध स्विकार गरेको हुनुपर्नेछ ।