(Japan) 16 th February | 2026 | Monday | 8:32:11 AM || (Nepal) 5:17:11 AM
 
 


जापानमा तीन महिनामै ह्याक गरिएका धितोपत्र खाताबाट ३ अर्ब गायब

  POSTED ON : Friday, 09 May, 2025 | Views : 476

जापानमा तीन महिनामै ह्याक गरिएका धितोपत्र खाताबाट ३ अर्ब गायब


टोकियो, जापान ।

जनवरी र अप्रिल महिनाको बीचमा ह्याक गरिएका अनलाइन धितोपत्र खाताहरू मार्फत जापानमा ३ अर्ब येन भन्दा बढिको कारोबार भएको जापानको वित्तीय सेवा एजेन्सीले बिहीबार जनाएको छ ।

यस अवधिमा, राकुटेन सेक्युरिटीज इंक सहित नौ धितोपत्र फर्महरूमा यस्ता जालसाजीपूर्ण कारोबारका कुल ३,५०५ घटनाहरू भएका छन् । जसमध्ये लगभग १६१.२ बिलियन येन बिक्री भएको र लगभग १४३.७ बिलियन येन खरिद गरिएको थियो ।

एजेन्सीले गत महिना फेब्रुअरी देखि अप्रिल १६ सम्मको अवधिमा लगभग ९५ अर्ब येन समावेश भएका १,४५४ वटा यस्ता मुद्दाहरू आएको बताएको थियो ।

प्रभावित धितोपत्र फर्महरूमा एसबिआई सेक्युरिटीज कम्पनी, मोनेक्स इंक, मात्सुई सेक्युरिटीज कम्पनी, मित्सुबिशी युएफजे ईस्मार्ट सेक्युरिटीज कम्पनी, नोमुरा सेक्युरिटीज कम्पनी, दाईवा सेक्युरिटीज कम्पनी, एसएमबिसी निक्को सेक्युरिटीज इंक र मित्सुबिशी युएफजे मोर्गन स्टेनली सेक्युरिटीज कम्पनी समावेश छन् ।

यसैबीच, जालसाजी भएको भनि प्राप्त मुद्दाहरूको संख्या गत महिना रिपोर्ट गरिएको ३,३१२ बाट लगभग दोब्बर भएर ६,३८० पुगेको वित्तीय सेवा एजेन्सीले बताएको छ ।