(Japan) 17 th February | 2025 | Monday | 9:45:24 AM || (Nepal) 6:30:24 AM
 
 


सुमेघ होलिडेजको सुरुवात, राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमण सस्तो र गुणस्तरिय गराउने प्रतिबद्धता

  POSTED ON : Friday, 10 January, 2025 | Views : 350

सुमेघ होलिडेजको सुरुवात, राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमण सस्तो र गुणस्तरिय गराउने प्रतिबद्धता


टोकियो, जापान ।

नेपालको हवाई क्षेत्रमा अग्रणी ट्राभल एजेन्सीको रुपमा परिचित सुमेघ ग्रुपले पर्यटन क्षेत्रमा आफुलाई विस्तार गर्दै सुमेघ होलिडेज संचालनमा ल्याएको छ ।

झण्डै दुई दशक देखिको पर्यटन क्षेत्रको आफ्नो अनुभवलाई सदुपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण सस्तो, सुलभ र गुणस्तरिय गराउने प्रतिबद्धता सहित सुमेघ होलिडेज सञ्चालनमा ल्याएको सुमेघ ग्रुपका प्रबन्ध निर्देशक मेघ केसीले जानकारी दिनुभएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर अंग्रेजी नयाँवर्ष २०२५ को अवसर पारेर पर्यटनमैत्री सेवा दिन सुमेघ होलिडेज सुरु गरिएको निर्देशक केसीले बताउनुभयो ।

‘यात्रुहरूको आवश्यकता विचार गरी अनलाइन बुकिङ प्रणाली, सहज यात्रा व्यवस्थापन, नवीन प्रविधिको प्रयोग गर्दै सेवा दिन्छौं,’ सुमेघ ग्रुपका निर्देशक मेघ घेसिले भन्नुभयो  ‘ग्राहक मैत्री सेवा हाम्रो प्राथमिकता हो।’

सुमेघ होलिडेजले नेपाल भिजिट अभियान सञ्चालन गर्दै नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सघाउने लक्ष्य लिएको छ । सुमेघ ट्राभलले सन् २०१९ को सेप्टेम्बर २६ मा पहिलो पटक नेपालबाट जापानको नारिताको लागि नेपाल एयरलाइन्सको बिमान चार्टर्ड उडान गरी कोभिडको समयमा उडान सेवा नपाएर समस्यामा परेकाहरुको लागि सुविधा प्रदान गरेको थियो ।

नेपालको पर्यटन उद्योगलाई सधैं विश्वसनीय, नवप्रवर्तन, र उत्कृष्टता स्थापना गर्न सघाउने अपेक्षा गरिएको बताउँदै निर्देशक केसीले स्थानीय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्दै, नेपालको अर्थतन्त्रलाई बलियो बनाउने र सांस्कृतिक पहिचान विश्वभर प्रवर्द्धन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

सुमेघ ग्रुपले पर्यटन उद्योगमा नयाँ सुरुवात गर्दै आफ्नो सेवा र कार्यालयहरु समेत विभिन्न देशमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

हाल जापानको टोकियोमा समेत कार्यालय रहेको सुमेघ ट्राभल्सले छिट्टै सुमेघ होलिडेजको सेवालाई विश्वभर विस्तार गर्ने योजना बनाएको छ ।

सुमेघ ट्राभल्स मार्फत नेपालमा हवाई उडानमा विश्वासिलो र भरपर्दो ट्राभल्स एजेन्सीको रुपमा लोकप्रिय रहेको सुमेघ ग्रुपले सुमेघ होलिडेज मार्फत नेपालबाट बिदेश भ्रमणमा जाने नेपालीहरु, अन्य देशबाट नेपालमा पर्यटक आगमनमा टुर प्याकेज सहित नेपालभित्रै आन्तरिक पर्यटकको भ्रमणमा विश्वासिलो सहयात्री बन्ने विश्वास लिएको छ ।