(Japan) 17 th February | 2025 | Monday | 10:21:20 AM || (Nepal) 7:06:20 AM
 
 


होक्काइदोमा पर्यटकहरुलाई एक रातको ५०० येन सम्मको आवास कर लगाईंदै

  POSTED ON : Monday, 30 December, 2024 | Views : 432

होक्काइदोमा पर्यटकहरुलाई एक रातको ५०० येन सम्मको आवास कर लगाईंदै


साप्पोरो, होक्काइदो ।

पर्यटकहरूमाझ लोकप्रिय उत्तरी टापु होक्काइदोको सरकारले अप्रिल २०२६ देखि प्रति रात ५०० येन सम्मको आवास कर लागू गर्ने भएको छ ।

यातायात क्षेत्रको सुधारका लागि जापान वरपरका प्रिफेक्चर र नगरपालिकाहरूले विभिन्न क्षेत्रमा पर्यटकहरुलाई कर बृद्धि गरिररहेकै समयमा पूर्वाधार र यातायात सुधार गर्न यस्तो राजस्व प्रयोग गरिने अधिकारीहरुले बताएका छन् ।

प्रिफेक्चुरल राजधानी साप्पोरो लगायत होक्काइदोका करिब २० स्थानीय सरकारहरूले आफ्नै आवास कर लागू गर्ने तयारी गरिरहेका छन् । यस्तो नियम लागू भएपछि पर्यटकहरुले होटल र सरायहरूमा दोहोरो करको सामना गर्नुपर्नेछ ।

डिसेम्बरमा होक्काइदो सभाले पारित गरेको अध्यादेश अनुसार टापुमा आउने आगन्तुकहरूलाई एक रातको कोठाको शुल्क २०,००० येन भन्दा कमको लागि प्रति रात १०० येन तिर्नुपर्नेछ, जबकि २०,००० येनदेखि मुनिसम्मको शुल्कमा २०० येन लगाइनेछ । ५०,००० येन वा सोभन्दा माथि प्रति रात कोठाको शुल्कको लागि, उनीहरूले ५०० येन तिर्नुपर्नेछ।

आवास कर लगाएपछि होक्काइदो सरकारलाई बार्षिक करिब ४.५ बिलियन येन आम्दानी हुने अपेक्षा गरिएको छ ।

२००२ मा टोकियोबाट सुरु भएको यस्तो कर ओसाका र फुकुओका प्रान्तहरू र कानाजावा र क्योतो लगायतका नगरपालिकाहरूमा आवास करहरूको रुपमा पहिले नै लागू गरिसकिएको छ ।