(Japan) 13 th November | 2025 | Thursday | 8:18:06 PM || (Nepal) 5:03:06 PM
 
 


जापान एयरलाईन्समा साइबर आक्रमण, कयौं उडानमा ढिलाई

  POSTED ON : Thursday, 26 December, 2024 | Views : 1182

जापान एयरलाईन्समा साइबर आक्रमण, कयौं उडानमा ढिलाई


टोकियो, जापान ।

साइबर आक्रमणपछि जापान एयरलाइन्सको सिस्टममा खराबी देखिएको छ ।

बिहिबार बिहान ९:४५ बजे सिस्टममा खराबी देखिएको र कम्पनीले साइबर आक्रमण भएको घोषणा गरेको छ ।

जसका कारण जापान एयरलाइन्सका कयौं उडानमा ढिलाई भएको बताइएको छ ।

एयरलाईन्स कम्पनीको वेवपेजमा समस्या सहित सिस्टममा खराबी देखिएको र समस्या समाधानको प्रयास भइरहेको कम्पनीले जनाएको छ ।