टोकियो, जापान ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तावका लागि अर्थमन्त्री कातो र अन्य मन्त्रीबीच मन्त्रिपरिषदमा वार्ता हुँदा शिक्षकको तलब यस बर्ष ४ प्रतिशत बढाउने सहमती भएको छ ।
शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधिमन्त्री आबेले शिक्षकको अतिरिक्त तलब चालू आर्थिक बर्षमा ४ प्रतिशत र आर्थिक बर्ष २०३० सम्ममा १० प्रतिशत पुर्याउने सहमति भएको बताएका छन् ।
मन्त्री आबेले शिक्षकको तलबमा दिइने थप भत्ताको व्यवस्थाबारे छलफल गर्दै चालू मासिक तलबको ४ प्रतिशतबाट क्रमशः आर्थिक २०३० सम्ममा १० प्रतिशत पुर्याउने निर्णय गरिएको बताएका छन् ।
साथै, सरकारले कार्यशैली सुधारलाई प्रवर्द्धन गर्दै आगामी पाँच वर्षमा शिक्षकहरूको ओभरटाइम कामलाई मासिक ३० घण्टामा झार्ने लक्ष्य राखेको छ ।