(Japan) 17 th February | 2025 | Monday | 10:49:25 AM || (Nepal) 7:34:25 AM
 
 


जापानको एनिमे उद्योगमा एकै बर्ष ३३ खर्ब येनको व्यापार

  POSTED ON : Sunday, 22 December, 2024 | Views : 534

जापानको एनिमे उद्योगमा एकै बर्ष ३३ खर्ब येनको व्यापार


टोकियो, जापान ।

जापानको एनिम उद्योगको बजार आकारले सन् २०२३ मा ३० खर्ब येन भन्दा बढिको व्यापार गरेको छ । बिदेशमा जापानी एनिमेको माग बढ्दै जाँदा अहिलेसम्मकै कीर्तिमानी उच्च बिन्दु छोएको हो ।

यस महिना जारी गरिएको प्रतिवेदनमा, एसोसिएसन अफ जापानी एनिमेसन्सले यस वर्ष उद्योगको राजस्व ३३ खब येन अर्थात् करिब २१ अर्ब डलर रहेको बताएको छ । त्यो सन् २०२२ मा रेर्क गरिएको उच्च व्यापार भन्दा झण्डै १४ प्रतिशत अर्थात् करिव ३ खर्ब येनले बृद्धि हो ।

अनलाइन वितरणबाट बिक्री वार्षिक रूपमा ५० प्रतिशतले बढेर १ अर्ब ६० करोड डलर पुगेको छ।

व्यापारिक सामानको बिक्री करिब ४ अर्ब ५० करोड डलर र प्रत्यक्ष मनोरञ्जनबाट करिब ७० करोड डलरको आम्दानी जापानी एनिमे उद्योगले गरेको छ ।

जापानभित्रै जापानी एनिमेको माग उच्च रहँदा बिदेशमा समेत जापानी एनिमेप्रतिको आकर्षण र लोकिप्रयता बढ्दै जाँदा आगामी बर्षहरुमा थप व्यापार बृद्धि हुने अनुमान गरिएको छ ।