(Japan) 13 th December | 2024 | Friday | 1:21:03 AM || (Nepal) 10:06:03 PM
 
 


येनको सुधार जारी, प्रति डलर १५० येन, एक लाखलाई ११ मान १ हजार येन

  POSTED ON : Friday, 29 November, 2024 | Views : 326

येनको सुधार जारी, प्रति डलर १५० येन, एक लाखलाई ११ मान १ हजार येन


टोकियो, जापान ।

जापानी येनमा क्रमिक सुधार देखिंदा जापानमा रहेका नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुन थालेका छन् । हप्तादिन अघिमात्र एक लाख रुपैयाँको लागि ११ मान ७ हजा येन खर्चनुपर्ने अवस्था रहेकोमा हाल यसमा सुधार आएर ११ मान २ हजार येनमा कारोवार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर र येनको बिनिमयदर हेर्दा येन थप सुधारको बाटोमा रहेको छ । अमेरिकी केन्द्रिय बैंकले व्याजदर डिसेम्बर पहिलो साता घटनाउने अपेक्षा गरिएपछि डलरको मूल्य घटेको हो ।

शुक्रबार मध्यान्ह प्रति डलर १५० येन भन्दा तल झरेको जापानी बजारमा जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका कम्पनीहरुले औषतमा १ लाख रुपैयाँको लागि ११ मान २ हजार येन आसपास बिनिमयदर तोकका छन् ।

तर प्रत्यक्ष बिदेशी बिनिमयदर बजारको सटहिदर हेर्दा यो १ लाख नेपाली रुपैयाँको लागि ११ मान १ हजार २०० येन आसपास मात्र हुन आउँछ ।

लगभग एक महिनामा उल्लेख्य सुधार देखिएको येन किन्ने र डलर बेच्ने होड अमेरिकी बजारसँग जापानी बजारमा समेत देखिएको छ ।

आगामी साता येनमा थप सुधार हुने विश्वास सहित लगानीकर्ताहरु येन खरिदमा लागेको अवस्था हेर्दा अपेक्षाकृत सुधार देखिएका आगामी साता १ लाख रुपैयाँको लागि १० मान ७ हजार येन आसपास आउने अनुमान गर्न सकिन्छ ।