(Japan) 12 th September | 2024 | Thursday | 2:04:05 AM || (Nepal) 10:49:05 PM
 
 


जापानका धान किसान र व्यापारीहरु मूल्य बढेपछि चिन्तित

  POSTED ON : Thursday, 05 September, 2024 | Views : 784

जापानका धान किसान र व्यापारीहरु मूल्य बढेपछि चिन्तित


टोकियो, जापान ।

जापानमा चामलको अभाव बढ्दै जाँदा, किसान र व्यापारीहरू चिन्तित देखिएका छन्, किनभने यसले मूल्य वृद्धि गर्न सक्छ जसले उपभोक्ताहरूलाई जापानी चामल उपभोग गर्नबाट टाढा लैजान सक्छ ।

बुधवार कृषि मन्त्रालयमा धान व्यवसायीहरुको बैठक बसेको थियो ।

मन्त्रालयका अधिकारीहरूले अगस्टदेखि सुपरमार्केटहरूमा चामल बिक्रीको मात्रा बढेको बताएका छन् । यसैबीच, जापानमा चामलको मौज्दात एक वर्ष अघिको भन्दा तल झरेको अधिकारीहरुले बताएका छन् ।

कतिपय थोक बिक्रेताले भाउ बढेमा उपभोक्ताहरुले चामल कम प्रयोग सक्ने चिन्ता व्यक्त गरेका छन् । व्यापारिहरु भन्छन् कि गत बर्ष १० देखि १४ डलर मुल्य रहेको ५ किलो चामलको प्याकेटलाई अहिले २० डलर अर्थात् ३००० येन पुगेको छ ।

चामलको थोक बिक्रेता फुजिमोतो केई भन्छन्, 'दुई हप्तामा पसलहरूमा थप चामल पाइन्छ । हामी हाम्रा ग्राहकहरूलाई पर्खन आग्रह गरिरहेका छौं ।'

डेलिभरी कम्पनीहरू चाँडो वितरण सुनिश्चित गर्न वर्षको पहिलो धान बालीको ढुवानीको लागि तयार भइरहेका छन् ।

जापानमा नयाँ धान भर्खरै भित्राउन सुरु गरिएको छ र सेप्टेम्बर अन्तिमसम्म भित्राइने धानबाली सेप्टेम्बर अन्तयबाट बजारमा आइपुग्ने अपेक्षा गरिएको छ । तर नयाँ धानले अभावलाई धेरै हदसम्म सम्वोधन गरेपनि मूल्य घट्ने अवस्था भने नरहेको व्यापारिहरुले बताएका छन् ।