टोकियो, जापान ।
जापानबाट नेपाल पैसा रेमिट्यान्स गर्न खोज्दै हुनुहुन्छ भने केहि दिन हतार नगर्नुभए तपाईं थोरै रकम भएपनि लाभमा पर्नुहुनेछ । बजारको सुधार क्रम हेर्दा येनमा सुधार जारी रहेकाले नेपाली रुपैयाँका लागि अहिले जति जापानी येन चाहिन्छ आगामी दिनहरुमा अझै कम रकम भए पुग्ने विश्वास गर्न सकिने बलियो आधारहरु छन् ।
जापानी येनमा देखिएको लगातारको सुधारसँगै जापानी येन र रुपैयाँमा एक लाख रुपैयाँमा १ मानको भिन्नतामा साँघुरिएको छ । दुई साता अघिसम्म एक लाख नेपाली रुपैयाँका लागि १२ मान २ हजार येन आसपास रहेकोमा जापानले बढाएको अल्पकालिन ब्याजदर बृद्धि तथा अमेरिकाको केन्द्रिय बैंकले ब्याजदर कटौति तयारी गरेसँगै येनमा तिब्र सुधार देखिन थालेको छ ।
जापानी बजारमा बिहिबार एक डलरको १४८ येन आसपासमा कारोबार भएको छ । जापानी येनको सुधार क्रम शुक्रबार पनि जारी रहने देखिएको छ । यदि यो साताको सुरुवात देखि देखिएको येनको सुधारक्रम हेर्ने हो भने साताको अन्तिम दिन शुक्रबार नेपाली १ लाख रुपैयाँको लागि केवल ११ मान येन मात्र आवश्यक पर्नेछ । बुधवार यो करिव २ हजार बढि रहेको छ ।