(Japan) 17 th May | 2025 | Saturday | 6:15:00 PM || (Nepal) 3:00:00 PM
 
 


अमेरिकाले व्याजदर स्थिर राख्दा येनमा क्रमिक सुधार

  POSTED ON : Thursday, 01 August, 2024 | Views : 962

अमेरिकाले व्याजदर स्थिर राख्दा येनमा क्रमिक सुधार


एजेन्सी ।
अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्व वैंकले ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ ।

अमेरिकी फेडरल रिजर्भका नीतिनिर्माताहरूले मुद्रास्फीति र रोजगारी लाभमा प्रगति भएका कारण तत्काललाई व्याजदर स्थिर राखेका हुन् ।

फेड अधिकारीहरूले उपभोक्ता मूल्यहरू दशकहरूमा नदेखिएको उचाइमा बढेको बताएका छन् । उनिहरुले २३ वर्ष यताकै उच्च दरमा ब्याज बढाएर करिव एक बर्ष यता स्थिर राखेका छन् । अर्थतन्त्र मन्दीमा नपुगोस् भनेर होसियार हुनुनर्पे भन्दै ब्याज दर अपरिवर्तित राख्ने निर्णय गरिएको बताइएको छ ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर घटाउनले अपेक्षा सहित लगानीकर्ताहरू महिनौं यता पर्खिरहेका छन् । फेडले सेप्टेम्बरमा हुने अर्को बैठकबाट ब्याजदर कटौती राख्ने अपेक्षा गरिएको छ ।

१ डलरको १४९ येन
जापानी येनमा देखिएको सुधारोन्मुख अवस्था कायम देखिएको छ । बुधवारको तुलनामा येनमा प्रति डलर कम्तिमा २ येनले सुधार देखिएको छ ।
ताजा अवस्थामा एक डलरको १४९ येन आसपासमा कारोबार भइरहेको छ ।

येनको सुधारोन्मुख अवस्थाले जापानबाट नेपाल पैसा पठाउनेहरुका लागि लाभ पुग्न थालेको छ ।
बुधवार १ लाख नेपाली रुपैयाँको लागि ११ मान ५ हजार येन रहेकोमा यो बिनिमयदर बिहिबार ११ मान ३ हजार येनको आसपास आउने देखिन्छ ।

येनमा क्रमिक रुपमा विश्व बजारमा सुधार देखिएकाले आगामी हप्तासम्ममा १ लाख रुपैयाँको लागि ११ मान आसपाससम्म आइपुग्ने अनुमान गरिएको छ ।