टोकियो, जापान ।
अगस्टमा चीनबाट जापानी सामुन्द्रिक खाना 'सि फुड'को आयात दुई तिहाइले घटेको छ । बेइजिङले फुकुसिमा दाइची आणविक उर्जा केन्द्रबाट चुहिएको आणविक विकिरण मिसिएको प्रशोधित पानी समुन्द्रमा मिसाएपछि जापानबाट सबै सामुन्द्रिक खानाको आयात रोकेपछि यस्तो असर देखिएको हो ।
चिनियाँ भन्सार अधिकारीहरूले सोमबार अगस्टमा २ करोड ४० लाख डलर बराबरको जापानी सामुन्द्रिक खानाको आयात घटेको बताएका छन् ।
जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६७ प्रतिशतले कम हो । यो गिरावट जुलाईमा लगभग ३० प्रतिशत गिरावट भन्दा धेरै देखिएको थियो ।
अगस्ट २४ मा जापानले समुन्द्रमा पानी मिसाउन थालेपछि चिनियाँ सरकारले जापानी सामुन्द्रीक खानाको आयातमा रोक लगाएको छ ।
जापानको कृषि तथा मत्स्यपालन मन्त्रालयले चीन विश्वमा जापानी समुद्री खानाको सबैभन्दा ठूलो आयातकर्ता भएको बताएको छ । चीनले गत वर्ष जापानबाट करिब ५९ करोड डलरको सामुन्द्रिक आयात गरेको थियो ।