टोकियो, जापान ।
जापान संसारको सबैभन्दा ठूलो अटोमोबाइल उत्पादकहरू मध्ये एक हो । तर यसको मतलब यो होइन कि कारमा जापानभर जान सस्तो र सजिलो छ ।
तपाईं कारमा सप्ताहन्तमा लामो ड्राइभ वा पारिवारिक यात्राको लागि राजमार्गमा बाहिर निस्कन ठूलो मन बनाउनुपर्छ, अर्थात जापानको एक्सप्रेसवेहरू अत्यन्त महँगो छन् । टोकियो देखि ओसाका सम्म एक्सप्रेसवे लिन चाहनुहुन्छ भने त्यो टोलमा लगभग १२ हजार येन तिनुपर्नेछ ।
अब फेरि फर्कंदै हुनुहुन्छ भने अर्को १२ हजार येन तपाईंले छुट्याउनुपर्नेछ ।
सन् २००५ मा जापानका एक्सप्रेसवेहरू अर्ध निजीकरण गरिएका थिए । जसलाई जापान सरकारको सेयरहरूको नियन्त्रण संख्यामा रहेको स्टक कम्पनीहरूद्वारा व्यवस्थित गरिएको छ । यस पुनर्संरचनाको एक भागको रूपमा, सरकारले तोकिएको वर्षसम्ममा एक्सप्रेसवे टोलहरू हटाउने र तिनीहरूलाई प्रयोग गर्न स्वतन्त्र बनाउने वाचा गरेको थियो ।
दुर्भाग्यवश, सरकार अहिले त्यो प्रतिबद्धताबाट पछि हटेको छ । मे ३१ मा काउन्सिलरहरूको सभाको बैठकमा, उपस्थित सदस्यहरूले सडक विकासका लागि विशेष उपायहरूमा संशोधित ऐन लागू गरेका छन् । जस अनुसार अब सरकारले अब टोल सङ्कलकहरुलाई रकम उठाउन जारी राख्न अनुमति दिन्छ । यसका बिचमा पनि एउटा सुसमाचार आएको छ । त्यो हो अब यसरी हाइवे वा सुरुगं मार्गहरुमा रकम संकलन गरिने म्याद २,११५ सम्म मात्र रहनेछ ।
हजुर, सन् २१ सय १५ । यसअघि पहिलो पटक यस्तो शुल्क सन् २०५५ बाट हटाइने बताइएको थियो । पछि सन् २०१४ मा यसलाई बढाएर २०६५ बनाइएकोमा अब झण्डै एक शताब्दि पर धकेलिएको छ ।
अर्को ५० बर्ष भन्दा बढि समय राजमार्गहरुमा टोल तिनुपर्ने भएपछि जापानी ट्विटर प्रयोगकर्ताहरुले आफ्नो जीवनकालमा एक्स्प्रेसवेमा सित्तैमा गाडी चलाउन सक्ने सम्भावनाको ढोका बन्द भएको टिप्पणी गरेका छन् ।
अधिकाशंले उक्त निःशुल्क एक्सप्रेस वे समयसम्म आफुहरु संसारमा नहुने तथा भर्खर जन्मेको बच्चा समेत एक्सप्रेस वे मा गाडि चलाउन निशुल्क हुँदा ९२ बर्षको बृद्ध गाडि चलाउन नसक्ने अवस्थामा हुने टिप्पणी गर्दै सरकारी नयाँ योजना अहिलेको पुस्तालाई बेकारको भएको टिप्पणी गरेका छन् ।