टोकियो, जापान ।
जापानमा कोभिड महामारि हटेपछि र कोभिड रोकथामका उपाय हटाएपछि स्वदेशी आन्तरिक पर्यटकको संख्या वार्षिक रूपमा ४१ प्रतिशतले बढेको छ । यसैगरि विदेशी पर्यटकको संख्या १९ गुणाले बढेको तथ्यांकले देखाएको छ ।
जापान टुरिजम एजेन्सीका अनुसार अप्रिलमा कुल ४ करोड ७६ लाख बढि मानिस घरेलु होटेल र इन्समा बसेका थिए, जुन गत वर्षको सोही महिनाको तुलनामा ४१ प्रतिशतले बढी हो ।
जसमध्ये जापानी पाहुनाको कुल संख्या ३ करोड ७२ लाख बढि रहेको छ । गत वर्षको सोही महिनाको तुलनामा भने १२ प्रतिशतले बढी रहेको एजेन्सीले जनाएको छ ।
यसका साथै कुल विदेशी पाहुनाको संख्या १ करोड ३ लाख रहेको छ । जुन संख्या गत वर्षको सोही महिनाको तुलनामा १९ गुणाले उल्लेख्य बृद्धि भएको छ ।
यो संख्या जापानमा कोरोना महामारी सुरु अघिको संख्याको करिव ९२ प्रतिशत हो । यसले जापान पर्यटक आगमनको दृष्टिले कोभिड महामारि पूर्वको अवस्थामा पुगेको देखाएको छ ।