टोकियो, जापान ।
एभियन इन्फ्लुएन्जाको प्रभाव तथा खाद्यान्नको मूल्य वृद्धि र अण्डाको ढुवानीमा आएको गिरावटका कारण जापानमा मे महिनामा थोक अण्डाको मूल्यले लगातार चार महिनाको रेकर्ड बनाएको छ ।
टोकियो क्षेत्रमा मध्यम आकारको १ किलोग्राम अण्डाको औसत मूल्य मे महिनामा ३५० येन पुगेको छ । जुन तुलनात्मक रुपमा गत बर्षको तुलनामा १३१ येन बृद्धि वा ५९.८ प्रतिशतले वृद्धि भएको छ ।
मूल्य अप्रिल देखि केहि मत्थर भएको छ । तर सन् १९९२ देखि राख्न थालिएको तथ्याङ्क अनुसार लगातार चार महिनाको यो उच्चतम बृद्धि हो ।
कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार डिसेम्बरमा क्रिस्मस केक र नयाँ वर्षका परिकारको माग बढेपछि अण्डाको मूल्यमा गिरावट आउने गरेको छ ।
तर, यस सिजनमा रुसले युक्रेनमा गरेको आक्रमणको प्रभावका कारण मकै जस्ता दानाको मूल्य बढिरहँदा अण्डाको मूल्य बृद्धि रोकिने छाँट देखिएको छैन ।
यसबाहेक, वर्षको सुरुदेखि नै, एभियन इन्फ्लुएन्जाको शृङ्खलाबद्ध प्रकोपहरूका कारण १ करोड ६० लाख बढि कुखुरा नष्ट गरिएको छ जसका कारण अण्डा उत्पादन घट्नाले मूल्य बृद्धि आकाशिएको छ ।
कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार अप्रिल ८ यता भने जापानका पोल्ट्री फार्ममा बर्डफ्लुको प्रकोप देखिएको छैन ।
केही कुखुरा किसानहरूले ढुवानी पुनः सुरु गरेका छन्, तर कृषि, वन तथा मत्स्यपालन मन्त्रालयले अण्डा आपूर्ति रिकभर हुन एक वर्ष लाग्न सक्ने बताएको छ ।