(Japan) 29 th March | 2024 | Friday | 1:39:24 PM || (Nepal) 10:24:24 AM
 
 


नेपालमा ईन्धनको भाउ लिटरमा १० रुपैयाँसम्म घट्यो

  POSTED ON : Tuesday, 04 April, 2023 | Views : 900

नेपालमा ईन्धनको भाउ लिटरमा १० रुपैयाँसम्म घट्यो


काठमाडौं, नेपाल ।

नेपाल आयल निगमले एकसाथ डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा लिटरमा १० रुपैयाँको दरले घटाउने निर्णय गरेको हो । यसैगरि पेट्रोलको मूल्य भने लिटरमा तीन घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

घटेपछि डिजल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटेर एक सय ७५ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

भारतबाट मूल्य घटेर आए पनि नेपालमा नघटेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । निगमले लिटरमै १० रुपैयाँ भाउ घटाएपछि अब सार्वजनिक गाडीको भाडा पनि घट्ने छ । पेट्रालियम पदार्थको भाउ पाँच प्रतिशतले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।