(Japan) 5 th June | 2023 | Monday | 3:09:57 AM || (Nepal) 11:54:57 PM
 
 

जापानले दक्षिण कोरियामाथिको उच्च प्रविधिका सामग्री निर्यात प्रतिबन्ध हटायो

  POSTED ON : Friday, 24 March, 2023 | Views : 448

जापानले दक्षिण कोरियामाथिको उच्च प्रविधिका सामग्री निर्यात प्रतिबन्ध हटायो


टोकियो, जापान ।

जापानको उद्योग मन्त्रालयले बिहीबार सेमीकन्डक्टर लगायत उत्पादनहरू उत्पादन गर्न आवश्यक पर्ने तीनवटा सामग्रीको दक्षिण कोरियामा निर्यातमाथिको नियन्त्रणात्मक प्रतिबन्ध हटाएको छ । जापानले सन् २०१९ मा दुई देशबिच सम्वन्ध खटपट भएपछि निर्यात नियन्त्रणमा कडाइ गरेको थियो ।

बिहिबार मार्च २३ तारिख नै दक्षिण कोरियाको व्यापार मन्त्रालयले कडा जापानी उपायहरूको प्रतिक्रियामा विश्व व्यापार संगठनमा दायर गरेको उजुरी फिर्ता लिएको घोषणा गरेको छ ।

जापानी मन्त्रालयले जापानी फर्महरू र अन्य तीन सामग्रीको लागि उचित निर्यात नियन्त्रण भएको प्रमाणित भएकाले अब सैद्धान्तिक रूपमा ३ वर्षपछि दक्षिण कोरियामा निर्यात अनुमतिको लागि आवेदन दिनुपर्ने छैन ।

यो कदम यस महिनाको सुरुमा दुई देशका वरिष्ठ अधिकारीहरू बीचको बैठक पछि भएको हो, जुन तीन वर्षमा पहिलो पटक भएको थियो । दुई देशका सरकारहरूले दक्षिण कोरियाले डब्ल्यूटीओसँगको गुनासो फिर्ता लिने सहमती गरेका थिए ।

जापानको २०१९ मा घोषित निर्यात रोकावतले उच्च शुद्धता युक्त हाइड्रोजन फ्लोराइड, फ्लोरिनेटेड पोलिमाइड दक्षिण कोरिया निर्यात रोकेको थियो ।

दक्षिण कोरियाले २०२० मा विश्व व्यापार संघठनमा उजुरी दर्ता गरेर जापानको कडा नियमहरूको बिरुद्धमा अन्तर्राष्ट्रिय ध्यान आकर्षण गरेको थियो ।

२०१९ मा जापानले दक्षिण कोरियालाई सरलीकृत निर्यात प्रक्रियाहरूको हकदार देशहरूको सूचीबाट पनि हटाएको थियो ।

यस विषयमा, जापानी अधिकारीहरूले दक्षिण कोरियाली सरकारसँग वार्ता जारी राख्ने बताएका छन् । जापानले छिट्टै दक्षिण कोरियालाई सरलीकृत निर्यात प्रक्रियाहरूको हकदार देशहरूको सूचीमा पुनर्स्थापित गर्ने ठानिएको छ ।