(Japan) 3 rd October | 2023 | Tuesday | 7:17:06 AM || (Nepal) 4:02:06 AM
 
 


जापानले २० खर्ब येनको महँगी राहत प्याकेज ल्यायो, कसले पाउँछन् लाभ ?

  POSTED ON : Thursday, 23 March, 2023 | Views : 2936

जापानले २० खर्ब येनको महँगी राहत प्याकेज ल्यायो, कसले पाउँछन् लाभ ?


टोकियो, जापान ।

जापान सरकारले २० खर्ब येन मूल्य बराबरको महँगी राहत योजनालाई मञ्जुरी दिएको छ ।

बुधबार महँगी नियन्त्रणसम्बन्धी सरकारी कार्यबलको बैठकले महँगीका कारण घरपरिवार र व्यवसायमाथिको बढ्दो भार कम गर्न भनेर ल्याइएको सो राहत प्याकेजलाई हरियो झन्डा देखाएको हो ।

यसमा न्यून आय भएका घर परिवारहरुलाई ३० हजार येन नगदै बाड्ने अनि बालबालिका हुर्काइरहेको त्यस्ता घर परिवारलाई बच्चै पिच्छे अरु ५०र५० हजार येन दिइने प्रस्ताव छन् ।

सरकारले मेदेखि अप्रिल वा त्यसपछिका महिनाहरुमा घर परिवारले बिजुलीको महसुलको साथमा तिर्ने अतिरिक्त शुल्क पनि घटाउने योजना बनाएको छ ।

यी योजनाहरुका लागि सरकारले चालु आवबाट आफ्नो सञ्चिति कोषमा विनियोजन गरेको रकम चलाउँदैछ ।

यी उपायहरुले महँगीको भार केही भएपनि कम गर्ने आशा सरकारले लिएको छ । यो प्याकेजलाई मन्त्री परिषद्ले भने यही महिना पारित गर्ने बताइएको छ ।