(Japan) 5 th June | 2023 | Monday | 3:21:01 AM || (Nepal) 12:06:01 AM
 
 

महंगी बढेपछि जापानमा घरपरिवारको खर्च घट्न थाल्यो

  POSTED ON : Friday, 10 March, 2023 | Views : 568

 महंगी बढेपछि जापानमा घरपरिवारको खर्च घट्न थाल्यो


टोकियो, जापान ।

जापानमा घरपरिवारहरुको खर्च घट्ने क्रमले जनवरीमा पनि निरन्तरता पाएको छ । एक वर्ष अघिको तुलनमा यो वर्षको जनवरीमा घरपरिवारहरुको खर्च शून्य दशमलव ३ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार समीक्षा अवधिमा २ वा सो भन्दा धेरै जना भएको घरपरिवारले औसतमा ३ लाख १ हजार ६४६ येन खर्च गरेको छ ।

योसँगै खर्च लगातार तेस्रो महीना पनि घटेको छ । निजी खपत जापानको अर्थतन्त्रको मुख्य खम्बा हो । जीडीपीमा यसको अनुपात आधा भन्दा धेरै छ ।

निजी खपत सुस्ती प्रारम्भिक अनुमानको शून्य दशमलव ५ प्रतिशतबाट घटेर शून्य दशमलव ३ प्रतिशत आएको बताइएको छ ।

सुपरमार्केटदेखि अन्य पसलहरुसम्म मूल्य बढेर महँगी आकाशिएकै समयमा घरपरिवारको खर्च गर्ने शक्ति खुम्चिएको छ । त्यसमाथि ऊर्जाको भाउमा भएको वृद्धि र डलरको तुलनामा कमजोर येन पनि महँगी बढाएको छ ।